प्रहरीले गणतन्त्रविरोधी अभियान्ता दुर्गा प्रसाईंको नागरिक बचाऊ अभियानका समर्थक ४ जनालाई पक्राउ गरेको छ ।
काठमाडौंको विभिन्न स्थानबाट दुर्गा प्रसाईंको अभियान समर्थकहरु पक्राउ परेका हुन् । प्रहरीमाथि ढुंगामुढा गर्ने प्रदर्शनकारीहरुलाई पक्राउ गरेको प्रहरीले बताएको छ । अन्यको खोजी भइरहेको पनि प्रहरीले जनाएको छ ।
बिहीबार बल्खुमा भएको कार्यक्रममा प्रसाईंका कार्यकर्ताहरुले निषेधित क्षेत्र तोड्न खोजेका थिए । त्यही क्रममा प्रहरीमाथि प्रदर्शनकारीहरुले ढुंगामुढा गरेका थिए ।