पाँचथरमा गाडीको छतबाट खसेर एक जनाको मृत्यु भएको छ ।
शनिवार साँझ हिलिहाङ गाउँपालिका–५ का ४८ वर्षीय प्रेम संग्रौलाको मृत्यु भएको हो ।
उनको फिदिम नगरपालिका ४ शान्तिपुरमा गाडीको छतबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाँचथरका डीएसपी हेमन्त भढडारीले लोकान्तरलाई जानकारी दिए ।
संग्रौला नेकपा (एमाले)को मध्यपहाडी संकल्प यात्रामा भाग लिएर फर्किएका कार्यकर्ता भएको बताइएको छ । तर यसको आधिकारिक पुष्टि हुन भने बाँकी छ ।