कचनकवल। झापाको कचनकवलमा गएराति जंगली हात्तीले घरमा क्षति पुर्याएको छ।

कचनकवल गाउँपालिका ३ स्थित दल्कीमा समबार राती जंगली हात्तीको समूह प्रवेश गरी स्थानीय बिसु गुरुङको घरमा क्षति पुर्याएको प्रहरी चौकी पथरीयाले जनाएको छ।

प्रहरीका अनुसार हात्तीको समूहले घरको घेराबारा भत्काई घर भित्र राखेको २८ मन धान ( अन्दाजी मूल्य ४२ हजार ), तोरी २ मन ( अन्दाजी मूल्य १२०० ) र घरमा क्षति पुर्याएको छ। साथै घर लगायत अन्य घरायसी सामान अन्दाजी मूल्य एक लाख ५० हजार गरी जम्मा दुई लाख ४० हजार बराबरको क्षति भएको छ।