Search
Close this search box.
Search
Close this search box.

विद्यालयको मिटरब्याज प्रवृत्ति: चालीस हजारको ब्याज एघार लाख

भीमबहादुर दर्लामी

नवलपुरको एक सरकारी विद्यालयले ब्याजमा रकम लगाएर मोटो रकम असुलिरहेको पाइएको छ। हुप्सेकोट-४, शङ्खदेवमा रहेको शिक्षा बोधनी (सामुदायिक) माध्यमिक विद्यालयले ४० हजार रुपियाँ लगानी गरेर त्यसको व्याजवापत चार लाख ६४ हजार ७९८ रुपियाँ असुलिसकेको छ भने गत असार २० गतेसम्मको ब्याजबापतको छ लाख ३६ हजार ७९६ रुपियाँ भुक्तान गर्न ताकिता गरेको छ।

एक दशकअघि स्थानीय दिलबहादुर राईले विद्यालयबाट ४० हजार रुपियाँ ऋण लिनुभएको थियो। अर्का स्थानीय बेलबहादुर खालसँग रकम लिनुपर्ने भएकाले त्यो ऋण उहाँलाई थमाइयो।

EPIC

खालले पनि अर्का स्थानीय भीमबहादुर दर्लामीबाट रकम लिनुपर्ने भएकाले त्यो ऋण अन्त्यमा दर्लामीको काँधमा आयो। त्यसको व्याज अहिले दर्लामीले विद्यालयलाई तिरिरहनुभएको छ। उहाँले हालसम्म ४० हजार रुपियाँको व्याज चार

लाख ६४ हजार ७९८ रुपियाँ तिरिसक्नुभएको छ। “दुई रुपियाँ व्याज भनेर मेरो साथीको पनि साथीले ४० हजार रुपियाँ लिएका रहेछन् । घुम्दैघुम्दै त्यो ऋण

भीमबहादुर दर्लामी मेरो थाप्लोमा आइपुग्यो। दुई पटक गरेर चार लाख ६४ हजार नगद दिइसकें। अझै छ लाख ३६ हजार ७९६ रुपियाँ ऋण तिर्न बाँकी छ भनेर विद्यालयले

ताकेता गर्दै पत्र पठाएको छ। रकम नभएर ऋण तिर्न सकेको पनि छैन,” उजुरीका लागि जिल्ला प्रहरी कार्यालयमा आउनुभएका भीमबहादुरले भन्नुभयो।

पछिल्लो समय विद्यालयले तत्कालीन प्रधानाध्यापक कृष्णप्रसाद न्यौपानेको हस्ताक्षरमा गत असारमा पत्र काटी बाँकी छ लाख ३६ हजार ७९६ रुपियाँ भुक्तानी गर्न अन्तिम ताकेता गरेको थियो। भीमबहादुरका छोरा पदमबहादुरले पत्र काट्दा विद्यालयले ब्याजलाई पनि सावाँ किटान गरेर आफ्नो बाबुसँग तमसुक गरेको दाबी गर्नुभयो। तत्कालीन प्रधानाध्यापक न्यौपानेले विद्यालय व्यवस्थापन समितिले निर्णय गरेर विद्यालय चलाउन लगाएको व्याज उठाउन भनेकाले परिपत्र गरेको बताउनुभयो। उहाँले भन्नुभयो, “मैले त तमसुक अनुसार पत्र काटेको मात्र हुँ। बाँकी कुरा समितिलाई बुझ्नु पर्छ।”

विद्यालयले ऋण लगानी गर्दा मित्रलाल तिवारी प्रधानाध्यापक हुनुहुन्थ्यो। यसबारे उहाँसँग बुझ्न खोज्दा धेरै पहिलेको कुरा भएकाले आफूले बिर्सिसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “भीमबहादुरले भनेको कुरा सही हो तर मैले विद्यालय छाडेकै सात/आठ वर्ष भइसक्यो । मलाई सबै कुरा थाहा छैन । त्यतिबेला आन्तरिक स्रोतबाट राखेका शिक्षकलाई तलब दिन धान्याञ्चल गरेर उठाएको रकम ऋण लगानी गरिएको थियो । दुई रुपियाँ ब्याज तिर्न मञ्जुर गरेरै ऋण लगाइएको थियो।”

हुप्सेकोट गाउँपालिका-४ का वडाध्यक्ष महेन्द्र पाण्डेले त्यतिबेला विद्यालय चलाउन धर्मभकारी राखेर उठेको रकम ब्याजमा लगाउने निर्णय भए अनुसार गरिएको बताउनुभयो । पहिलेको समितिले गरेको कारोबार भएकाले स्पष्ट खातापाता नहेरी बोल्न नसकिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर मसराङ्गीको भनाइ छ ।

हालका प्रधानाध्यापक दुर्गासिंह सारुले यस विषयमा पहिलेको समितिलाई पनि बोलाएर बुझ्ने प्रतिक्रिया दिनुभयो । ऋणी भीमबहादुरले भने आफूलाई विद्यालयले अनुचित लेनदेन गरेको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गराउनुभएको छ। सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले प्रशासनले जिल्ला प्रहरी कार्यालयलाई समन्वय गर्न निर्देशन दिएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “दुवै पक्षलाई राखेर छलफल गराउन सिडिओ साहेबले तोक लगाएर जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिनुभएको छ।” -गोरखापत्रमा खबर छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *