बाल आश्रममा बुधबारे जेसीजद्वारा खाद्यान्न र खेलकुद सामग्री सहयोग

बुधबारे । बुधबारे जेसीजले झापाको मेचीनगर ९ मागुरमाढिमा रहेको स्वबोध साधना केन्द्र बाल आश्रममा आश्रित बालबालिकाहरुका लागि न्यानो कपडा, खाद्यान्न तथा खेलकुद सामाग्री, तथा बालबालिकाको व्यक्तिगत सरसफाईका लागि कपाल काट्ने कार्यक्रम सम्पन्न गरेको छ ।

बुधबारे जेसीजका अध्यक्ष जेसी दुर्योधन सिंह राजपुत (देव)को अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि केन्द्रका अध्यक्ष बालकृष्ण थपलिया, विषेश अतिथि बुधबारे जेसीजका संस्थापक कार्यकारीणि उपाध्यक्ष जेसी मनेस दाहाल, बुधबारे जेसीजका निवर्तमान अध्यक्ष जेसी अर्जुन ढकालको आतिथ्यता रहेको थियो ।

EPIC EPIC EPIC EPIC EPIC

कार्यक्रममा बुद्धशान्ति ३ स्थित स्मिता ब्युटी एकाडेमीले बालबालिको निशुल्क कपाल काट्ने व्यवस्था गरेको थियो, बुद्धशान्ति स्थित यलम्बर फेन्सी स्टोरका संचालक गोपाल राईले बालबालिकाका लागि १५ थान न्याने कपडा, आदर्श यूवा क्लबले एक थान फुटबल, एक थान क्रिकेट व्याट, ६ थान स्किपिङ्ग तथा मनेस दाहालले २ थान व्याटमिन्टन, ६ थान कर्क गरि रु ८५०० बराबरको खेलकुद सामाग्री र बुद्धशान्ति निवासी बादल योङहाङले २० केजी चामल, ५ केजी पिठो, एक केजी मटर र २ केजी मुरै बुधबारे जेसीसलाई निशुल्क प्रदान गर्नु भएको थियो ।

सो सामाग्रीहरु कार्यक्रमका अध्यक्ष लगायत अतिथिहरुले केन्द्रका अध्यक्षलाई हस्तान्तरण गर्नु भएको थियो ।

जेसी स्मिता गुरुङ राज्यलक्ष्मी कार्यक्रम संयोजक रहेको कार्यक्रमा विषेश अतिथि, निवर्तमान अध्यक्ष, केन्द्रका अध्यक्ष लगायतले शुभकामना व्यक्त राख्नु भएको थियो  । जेसी स्मिता गुरुङ राज्यलक्ष्मी बुधबारे जेसीजको इतिहासमा पहिलो महिला कार्यक्रम संयोजक समेत रहनु भएको थियो  ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *