रुसी सेनामा बाँच्ने सम्भावना १ प्रतिशत मात्रै

 रुसी सेनामा कार्यरत एक नेपाली युवाले रुस नआउन आग्रह गरेका छन् । आफू रुसी सेनामा भर्ती भई युक्रेनविरुद्ध लड्दालड्दै घाइते भएको भन्दै ती युवाले कोही पनि नेपालीलाई रुस आएर रुसी सेनामा भर्ती नहुन अनुरोध गरेका छन्, आजको राजधानी दैनिकमा खबर छ ।

टिकटकमा एक भिडियो सन्देश जारी गर्दै ती युवाले भनेका छन्, ‘म गोली र बम लागेर घाइते भएको छु, यदि कोही नेपाली युवा रुसी सेनामा आउने सोचमा हुनुहुन्छ भने नआउनु होला । बरु यहाँ भएका, फसेका घाइते नेपाली दाजुभाइलाई जसरी भए पनि उद्धार गरेर नेपाल फर्काउन सहयोग गर्नुहोस् ।’

EPIC EPIC EPIC EPIC EPIC

रुसी सेनामा भर्ती भएका धेरै नेपाली गोली लागेर छटपटाइरहेको र आफू जस्तै धेरै साथीहरू फसेकाले सबैलाई उद्धार गर्न पनि ती युवाले नेपाल सरकार र त्यहाँस्थित नेपाली दूतावासलाई अनुरोध गरेका छन् । ‘मजस्तै धेरै दाजुभाइ यहाँ छट्पटाउँदै उद्धारको पर्खाइमा छौं, हामीलाई तत्काल सहयोग गर्नुहोस्,’ ती युवाले भनेका छन्, ‘यहाँ कोही पनि नआउनु । यहाँ एकदम डेन्जर छ । ९९ प्रतिशत मर्ने सम्भावना छ । बच्ने सम्भावना त १ प्रतिशत मात्र छ, त्यो पनि घाइते भएर मात्र बच्न सकिन्छ ।’

उनले भनेका छन्, ‘मृत्युपछि मेरो देशमा मेरी आमा र मेरो परिवारको छेउमा शव पुग्ने भए गोली खान र मर्न पनि तयार थिएँ, तर त्यो सम्भावना छैन । म नेपाल फर्किन्छु या फर्किन्न त्यो थाहा छैन । भोलिका दिनमा जे पनि हुन सक्छ, सायद भोलिको दिनमा म यो संसारमा नहुन पनि सक्छु, हाम्रा लागि यहाँ बोली दिने कोही पनि छैनन् । यो मेरो नेपालीका लागि उठेको पहिलो पुकार हो, मेरो पुकार नेपाल सरकारसम्म पुगोस् ।’

उनले रुसी सेनामा मृत्यु भएकाको शव नेपालसम्म पुर्‍याउने व्यवस्था गर्न र क्षतिपूर्ति दिलाउन पनि अपिल गरेका छन् । रुसी सेनामा कार्यरत धेरै नेपाली घाइते तथा अंगभंग भएको र स्थिति भयावह रहेको समेत उनले बताएका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *