सामाजिक सञ्जालसम्बन्धी गुनासो अब अनलाइनबाट दर्ता गर्न सकिने


सामाजिक सञ्जालसम्बन्धी गुनासो अब  अनलाइनबाट दर्ता गर्न सकिने भएको छ। सामाजिक सञ्जालको दुरुपयोग बढ्दै गएको समय नियमनलाई सहज बनाउन सरकारले अनलाइनबाटै गुनासो दर्ता गर्ने प्रक्रिया सुरू गरेको हो।

सरकारले गत मंसिर ११ गते सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० जारी गरेको थियो। सोही निर्देशिकाको आधारमा अनलाइनबाट गुनासो दर्ताको प्रक्रिया सुरू गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जानकारी दिएको छ।

EPIC EPIC EPIC

प्रयोगकर्ताको गुनासो सुनुवाइलाई सहज बनाउन मन्त्रालयले निर्देशिकाको आधारमा सामाजिक सञ्जाल व्यवस्था इकाई स्थापना गरेको छ।

सामाजिक सञ्जालको दुरुपयोग रोक्न निर्देशिकाका आधारमा सामाजिक सञ्जाल व्यवस्थापन इकाई स्थापना गरेर अनलाइन गुनासो लिन सुरू गरिएको मन्त्रालयका उपसचिव एवं सामाजिक सञ्जाल व्यवस्थापन इकाईका संयोजक रमेश पाण्डेयले जानकारी दिए।

मन्त्रालयको वेबसाइटमा गएर ुसामाजिक सञ्जाल गुनासो दर्ताु आइनमा क्लिक गरेर सामाजिक सञ्जालसम्बन्धी गुनासो दर्ता गर्न सकिन्छ।

सरकारले गत मंसिर ११ गते निर्देशिका जारी गर्दै नेपालमा सामाजिक सञ्जालको रूपमा सञ्जालनमा रहेका सबै प्लटेफर्महरूलाई तीन महिनाभित्र सूचिकरण गर्न सूचित गरेको थियो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *