बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनमा स्वतन्त्र र लोकतान्त्रिक व्यवसायिकको छुट्टाछुट्टै प्यानल

झापा । पूर्वको व्यापारीक केन्द्रको रुपमा स्थापित झापाको बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनमा दुई वटा प्यानल चुनावी मैदानमा होमिएका छन् । स्वतन्त्र व्यवसायिक प्यानल र लोकतान्त्रिक व्यवसायिक प्यानलबीच नेतृत्व चयनका लागि आउँदो फागुन १४ गते प्रतिस्पर्धा हुँदैछ ।

स्वतन्त्र प्यानलको तर्फबाट हालका महासचिव अर्जुनकुमार मैनाली र लोकतान्त्रिक प्यानलबाट संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले नेतृत्व गरिरहेका छन् । दुवै जना बिर्तामोडका लागि परिचित अनुहार हुन् ।

EPIC EPIC EPIC

फागुन १ गते लोकतान्त्रिक प्यानलले उम्मेदवारहरु घोषणा गरेको थियो । यस्तै स्वतन्त्र व्यवसायिक प्यानलले पनि फागुन ३ गते अर्जुनकुमार मैनालीको नेतृत्वमा उम्मेदवारहरु घोषणा गरेको थियो । दुवै प्यानलले मतदाताहरुसँगको भेटघाटलाई तीब्रता दिएका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *