कचनकवल। कचनकवल गाउँपालिका ७ मा रहेको बालुबाडी विद्युत उपसमितिले एक सय घरधुरीलाई विद्युतीय चुलो वितरण गरेको छ।
आज उपसमितिको कार्यालय बालुबाडीमा उपसमितिका अध्यक्ष चेतराज भट्टराईको आतिथ्यतामा ५० प्रतिशत अनुदानमा बाल्ट्रा कम्पनीको विद्युतीय चुलो एक सय घरधुरीलाई वितरण गरेको हो।
उपसमितिले बजार मूल्य ३९०० मूल्य बराबरको चुलो प्रतिव्यक्ति १९५० रुपैयाँ संकलन गरी चुलो वितरण गरेको थियो। साथै विद्युतीय चुलोमा आवस्यक भाँडाकुडासमेत वितरण गरिएको उपसमितिका अध्यक्ष चेतराज भट्टराईले बताए।
वितरण कार्यक्रमका प्रमुख अतिथि कचनकवल वडा नम्बर ७ का वडाध्यक्ष भरत राजवंशी रहेका थिए।



















