झापा/ झापाका १५ वटै स्थानीय तहको कार्य सम्पादन मूल्याङ्कन सार्वजनिक भएको छ । प्राकृतिक स्रोत तथा वित्त आयोगको मूल्याङ्कन रिपोट अनुसार नगरपालिकामध्ये बिर्तामोड र गाउँपालिकामध्ये हल्दिबारीको कार्य सम्पादन मूल्याङ्कन उत्कृष्ट रहेको पाइएको छ । बिर्तामोडले ३७.४३ अंक र हल्दिबारीले ३२.३९ अंक प्राप्त गरेको छ ।
कार्य सम्पादन मूल्याङ्कन अंकमा हेर्दा कचनकवल गाउँपालिका १७.४४ अंकका साथ सबै भन्दा पछि रहेको छ । स्थानीय तहको प्रयोजनका लागि भने १७ वटा सूचकमा आधारित भएर मूल्याङ्कन गरिएको हो । संघीय सरकारले विना सर्त प्रदेश र स्थानीय तहमा पठाउने अनुदान नै वित्तीय समानीकरण अनुदान हो । यस्तो अनुदानको सिफारिस गर्ने जिम्मेवारी राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले पाएको छ । यस्तो सिफारिस गर्दा आयोगले सूत्र बनाउँछ । जसमध्ये एक मापक कार्य सम्पादन मूल्याङ्कन हो ।
कुन पालिकाको कार्य सम्पादन मूल्याङ्कन कति ?
मेचीनगर- २७.४६
बुद्धशान्ति- २८.९८
अर्जुनधारा- २६.२६
कनकाई- २३.९४
शिवसताक्षी- ३५.८५
कमल- २७.६६
दमक- ३६.५७
गौरादह- ३१.९
गौरीगञ्ज- २०.६५
झापा-२५.८
बाह्रदशी- २१
बिर्तामोड- ३७.४३
हल्दिबारी -३२.३९
भद्रपुर- ३०.४७
कचनकवल- १७.४४