पत्रकार महासंघ झापा गोल्ड कपको संस्थागत सदस्य

बिर्तामोड, फागुन १८ । नेपाल पत्रकार महासंघ झापा शाखा झापा गोल्ड कपको संस्थागत सदस्य बनेको छ । महासंघले शुक्रबार बिर्तामोडमा आयोजित एक कार्यक्रमका वीच झापा गोल्ड कपको संस्थागत सदस्यता लिएको हो ।


संस्थागत सदस्यता शुल्क वापतको चेक महासंघका अध्यक्ष एकराज गिरीले झापा गोल्ड कपका अध्यक्ष बिनोद बस्नेतलाई हस्तान्तरण गरे । अध्यक्ष बस्नेतले महासंघलाई संस्थागत सदस्यता प्रदान गर्दै गोल्ड कप सफल बनाउन सञ्चार क्षेत्रबाट थप हौसला र उर्जा प्रदान गरेकोमा धन्यवाद ज्ञापन गरे ।

EPIC EPIC EPIC EPIC EPIC

त्यस क्रममा महासंघका पूर्व अध्यक्ष माधव विद्रोही, तारामणि सापकोटा, महासंघका उपाध्यक्ष केशव भट्टराई, सहसचिव राजु पाठक, कोषाध्यक्ष रञ्जित प्रसाई, कार्यसमिति सदस्यहरु सहित झापाली सञ्चारकर्मीको उल्लेख्य सहभागिता थियो ।


 फागुन १९गते देखि २८ गते सम्म डोमालाल राजवंशी रंगशाला बिर्तामोडमा मुलुकका चर्चित १० टिम वीच गोल्डकपको छैटौं संस्करण सञ्चालन हुदैछ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *