Search
Close this search box.
Search
Close this search box.

आगलागीमा परि आमा छोराको मृत्यु

सिद्धिचरण नगरपालिका–१० बेतेनीमा आगलागीमा परि आमा छोराको ज्यान गएको छ । आगलागीमा परि करिब ५५ वर्षीया पुन्यकुमारी धमला र उहाँका १५ वर्षीय छोरा कन्चन धमलाको ज्यान गएको हो ।

सोमबार दिउँसो बाहुनडाँडा कोल पाखामा निजि खरबारीमा राखिएको खर घाँस जोगाउने क्रममा आगोले जलेर आमा छोराको ज्यान गएको स्थानिय शिक्षक युवराज धमलाले जानकारी दिनुभयो ।

EPIC EPIC

घटनाको विषयमा जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले पनि पुष्टि गरेको छ । केही दिन अघिदेखि नजिकैको बसाहा हरिबोले सामुदायिक वनमा लागिरहेको आगो अनियन्त्रीत भएर गाउँ नजिकैको खर वनमा प्रवेश गरेको थियो ।

अहिले जिल्लाको विभिन्न छ स्थानका सामुदायिक वन जङ्गलमा आगलागी भइहरेको प्रहरी निरीक्षक बालिस्टार सिंहले बताउनुभयो । हालसम्म करिब ८० वटा वनलाई आगलागीले सखाप बनाएको प्रहरीले जनाएको छ ।  `

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *