परराष्ट्र मन्त्री श्रेष्ठको वाणिज्य बैंकको खातामा एक लाख २२ हजार

काठमाडौं। सरकारका उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठको सम्पत्ति विवरण सार्वजनिक भएको छ। सरकारले जेठ ३ गतेको मन्त्रिपरिषद्‌को निर्णयअनुसार मन्त्रीहरूको सम्पत्ति सार्वजनिक गरेको हो।

सोहीअनुसार परराष्ट्रमन्त्री श्रेष्ठको सम्पत्तिको नाममा राष्ट्रिय वाणिज्य बैंकमा रहेको खातामा एक लाख २२ हजार ९१८ रुपैयाँ ६४ पैसा रहेको उल्लेख गरेका छन्। उनले यसको स्रोत सेवा सुविधाबाट प्राप्त भएको भनेका छन्।

EPIC EPIC EPIC EPIC EPIC

उनले आफ्नो पैतृक सम्पत्ति गोरखा सिरान्चोक गाउँपालिका-८ मा रहेको ३७ रोपनी बढी जग्गा पार्टीलाई हस्तान्तरण गर्ने घोषणा गरेको र त्यो प्रक्रियामै रहेको बताएका छन्।
उनले आफूसँग भएको गाडी पार्टी अध्यक्ष पुष्पकमल दाहालले उपलब्ध गराएको र गाडीको खरिद मूल्य तथा खरिद मिति थाहा नभएको बताएका छन्।

उनको सम्पत्ति विवरणमा अरु केही पनि उल्लेख छैन।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *