Search
Close this search box.
Search
Close this search box.

इटहरीमा कार र स्कुटर जुध्दा कानेपोखारीका गौतमको मृत्यु

इटहरी। इटहरीमा दुर्घटना हुँदा एक पुरुषको मृत्यु भएको छ । इटहरी १ आँपगाछीस्थित आइतबार राति ७ः२५ बजेतिर दुर्घटना भएको हो ।

इटहरीबाट धरानतर्फ आउँदै गरेको प्र १–०२–००२ च ६३०६ नम्बरको कार र विपरीत दिशाबाट ‘रङ’ साइड प्रयोग गरी जाँदै गरेको को १ प ७४९ नम्बरको स्कुटर एकापसमा ठक्कर भएर दुर्घटना भएको हो ।

EPIC EPIC

दुर्घटनामा स्कुटर चालक मोरङको कानेपोखरी १ बस्ने ४४ वर्षीय डेगराज गौतमको मृत्यु भएको इटहरी प्रहरीले पुष्टि गरेको छ ।

गम्भीर घाइते भएका उनको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ ।

कार चालक उदयपुरको त्रियुगा ३ बस्ने ४१ वर्षीय रमेश निरौलालाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *