भद्रपुरका विद्यालयमा “पढ्दै कमाउँदै” कार्यक्रम

भद्रपुर।  विद्यार्थीहरूलाई व्यावहारिक, व्यावसायिक र सिपमुलक शिक्षा प्रदान गर्ने उद्देश्यले झापाको सदरमुकामस्थित भद्रपुर नगरपालिकाले विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रमको सुरुवात गरेको छ। 

नगर शिक्षा शाखाले नगरमै पहिलो पटक भद्रपुर–१ पृथ्वीनगरस्थित हिमाली माविमा पढ्दै कमाउँदै कार्यक्रमको सुरुवात गरेको हो। विद्यालयमा बिहीबार आयोजित एक कार्यक्रमबीच नगर प्रमुख गणेश पोखरेल र उपप्रमुख राधा कार्कीले पढ्दै कमाउँदै कार्यक्रमको उद्घाटन गरेका छन्। 

EPIC EPIC EPIC EPIC EPIC

२०७३ सालदेखि हिमाली माविले प्राविधिक धारतर्फ पशु विज्ञान शिक्षा प्रदान गरिरहेको छ। प्राविधिक शिक्षाको पढाई हुने विद्यालयको रुपमा हिमाली माविलाई छनोट गरी चालु आर्थिक वर्षमा १० लाख बजेट विनियोजन गरी पढ्दै कमाउँदै कार्यक्रमको शुभारम्भ गरिएको नगर प्रमुख पोखरेलले बताए। 

यस विद्यालयमा माछा, बाख्रा, बङ्गुर, कुखुरा र गाई पालन गरिनुका साथै तरकारी खेती गर्ने योजनासहित अघि बढेको पाइएको बताउँदै नगर प्रमुख पोखरेलले भने, ‘विद्यार्थीहरूलाई व्यावहारिक, व्यावसायिक र सिपमुलक शिक्षा प्रदान गर्न यसले मदत पुर्‍याउनेछ।’ 

विद्यालय स्तरबाटै विद्यार्थीलाई उद्यमशील बनाउने र देशमै केही गर्न सकिन्छ भनेर भावनाको विकास गराउने उद्देश्यले पढ्दै कमाउँदै कार्यक्रमको सुरुवात गरिएको हो। यो कार्यक्रम अन्य विद्यालयहरूमा पनि क्रमशः विस्तार गर्दै लैजाने नगरपालिकाको योजना रहेको उनले बताए। 

त्यस्तै उपप्रमुख राधा कार्कीले अहिलेको आवश्यकता नै प्राविधिक शिक्षा भएको बताइन्। एसइई वा कक्षा १२ पास हुने बित्तिकै वैदेशिक रोजगारीमा जाने युवायुवतीहरूको सङ्ख्या बढ्दो रहेको बताउँदै उनले भनिन्, ‘प्राविधिक शिक्षाले उनीहरूलाई वैदेशिक रोजगारीमा जान रोक्नुका साथै व्यावसायिक र सिपमुलक बनाउन मदत पुर्‍याउँछ।’ त्यसैले यस वर्षदेखि नगरपालिकाले विद्यालयमै पढ्दै कमाउँदै कार्यक्रम ल्याएको उनको भनाई छ। हिमालीमा पशु विज्ञान शिक्षा सञ्चालन भइरहेकोले पढ्दै कमाउँदै कार्यक्रम सुरुवात गर्न सहज भएको विद्यालयका प्रधानाध्यापक दीपक दाहाले जानकारी दिए। 

पढ्दै कमाउँदै कार्यक्रमको बजेटबाट यस वर्ष माछा पोखरी सञ्चालनमा ल्याएको, टनेल खेती, पशुपालन, दान बनाउने मेसिन खरिद लगायतका काम गरिएको उनले बताए। यो विद्यालय १० बिगाहा जमिनमा फैलिएको छ। अगाडि पट्टी विद्यालयको भवन रहेको छ। भवन पछाडि केही जमिनमा पशुपालनका लागि खोर बनाएका छौँ। ‘५ कट्ठा जमिनमा माछा पोखरी खनेका छौ,’ उनले भने, ‘कृषिजन्य खेतीका लागि पनि जमिन छुट्टाएको र च्याउ खेतीका लागि विद्यालयको एउटा कक्षा कोठा प्रयोगमा ल्याउने तयारी गरेका छौँ।’

प्राविधिक धारतर्फ ८० जना विद्यार्थी अध्ययनरत छन्। विद्यार्थीहरू यस शिक्षाप्रति उत्साहित देखिएका छन्। उनीहरूले पढ्दै कमाउँदै शिक्षामा रमाइरहेको उनको भनाई छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवीन भट्टराईको अध्यक्षता भएको कार्यक्रममा भद्रपुर १ नम्बर वडा अध्यक्ष रामप्रसाद अधिकारी लगायतले मन्तव्य राखेका थिए। 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *