Search
Close this search box.
Search
Close this search box.

मधेशको जम्बो मन्त्रिपरिषद्‌विरुद्ध जसपाका युवा र विद्यार्थीको प्रदर्शन, प्रहरीसँग झडप

जनकपुरधाम। मधेश प्रदेशको मन्त्रिपरिषद् २० सदस्यीय पुर्‍याएको विरोधमा जनकपुरधामस्थित मुख्यमन्त्री कार्यालयअगाडि जसपा नेपालका युवा र विद्यार्थी संगठनले प्रदर्शन गरेका छन् ।

जसपा नेपालनिकट समाजवादी युवा संघ र समाजवादी विद्यार्थी यूनियनले सिटी जुलुस निकालेको हो । निषेधित क्षेत्र तोडेर मुख्यमन्त्री कार्यालयअगाडि पुगेका प्रदर्शनकारीले मधेश सरकारविरुद्ध नाराबाजी गरे ।

EPIC EPIC EPIC

निषेधित क्षेत्र (सुरक्षा घेरा) तोड्ने क्रममा जसपा नेपालका युवा, विद्यार्थी र सुरक्षाकर्मीबीच सामान्य झडपसमेत भएको छ ।

प्रदर्शनकारीले मुख्यमन्त्री सतिशकुमार सिंहले संघीयताको बदनाम गरेको भन्दै राजीनामा पनि मागेका छन् ।

मधेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १२ मन्त्रालय छ ‌।

जम्बो मन्त्रिपरिषद् बनाएपछि मुख्यमन्त्री सिंह विवादित बनेको छ । उनलाई आफ्नै जनमत पार्टीले स्पष्टीकरणसमेत सोधेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *