Search
Close this search box.
Search
Close this search box.

नेविसंघ बुद्धशान्तिद्वारा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

झापा । नेपाल विद्यार्थी संघ बुद्धशान्ति गाउँ समितिले ‘वीपी कोइराला र समाजवाद’ शीर्षकमा अन्तर माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ। नेपाली काँग्रेसका संस्थापक तथा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको १११ औं जन्मजयन्तीका अवसरमा सोमबार नेविसंघ बुद्धशान्तिले पालिकास्तरीय अन्तर मावि (कक्षा ११ र १२) का विद्यार्थीबीच वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको हो।

प्रतियोगितामा कर्णाली एजुकेसन फाउन्डेसनकी छात्रा आकृति सिटौला प्रथम, श्री बुद्ध आदर्श माविकी छात्रा सम्झना कालिकोटे द्वितीय र गडिगाउँ माविका छात्र रुपनारायण कोइराला तृतीय भएका छन्। प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः दुई हजार पाँच सय, एक हजार पाँच सय र एक हजार नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गरे। वक्तृत्वकला प्रतियोगिताका प्रतिस्पर्धी विद्यार्थीलाई आफ्ना विचार राख्न पाँच मिनेटको समय दिइएको थियो।  

EPIC EPIC

नेविसंघ बुद्धशान्तिका सभापति उमेश भट्टराईको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली काङ्ग्रेस बुद्धशान्तिका सभापति चक्र शेर्माको प्रमुख आतिथ्यता रहेको थियो।

कार्यक्रममा नेविसंघ झापाका सभापति संजय निरौला, बुद्धशान्ति वडा न: ४ का वडाध्यक्ष शेरबहादुर राय, नेपाली काङ्ग्रेस बुद्धशान्ति उपसभापति मनेश दाहाल, नेविसंघ झापाका सचिव गोकुल पौडेल, नेपाली काङ्ग्रेस बुद्धशान्ति सचिवद्वय मदन मगर र कृष्ण खतिवडा, सीतारमेश बहुमुखी क्याम्पस संचालक समिति अध्यक्ष जयप्रसाद भण्डारी, कर्णाली एजुकेसन फाउन्डेसनका संस्थापक निर्देशक छत्र कार्की, अग्रज शिक्षासेवी केदारप्रसाद कोइराला, नेपाली काङ्ग्रेस बुद्धशान्ति सहसचिव सुजित बराल, नेविसंघ झापा जिल्ला सदस्य राम भट्टराई, नेविसंघ बुद्धशान्ति उपसभापति डेविड श्रेष्ठ, नेपाली काङ्ग्रेस बुद्धशान्ति गाउँसमिति सदस्य याम प्रसाद लुइँटेल, नेपाली काङ्ग्रेस बुद्धशान्ति -४ वडा सचिव दिपक शेर्मा, सीतारमेश बहुमुखी क्याम्पस नेविसंघ इकाई सभापति सन्तहाङ लिम्बुलगायत अतिथिहरूको उपस्थिति रहेको थियो।

प्रतियोगिताको निर्णायकको रुपमा जयप्रसाद भण्डारी, संजय निरौला र केदारप्रसाद कोइराला रहनु भएको थियो। नेविसंघ बुद्धशान्ति सभापति तथा कार्यक्रमका सभापति उमेश भट्टराईले स्वागतसहित औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा प्रमुख निर्णायक जयप्रसाद भण्डारी, विशिष्ट अतिथि नेविसंघ झापा सभापति संजय निरौला र प्रमुख अतिथि नेपाली काङ्ग्रेस बुद्धशान्ति सभापति चक्र शेर्माले शुभकामना मन्तव्य राख्नु भएको थियो। कार्यक्रमको संचालन नेविसंघ बुद्धशान्ति सचिव प्रकाश शेर्माले गर्नु भएको थियो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *