Search
Close this search box.
Search
Close this search box.

हल्दिबारीको रमाइलो चोकमा आगलागी, १२ लाख बराबरको क्षति

झापा। हल्दिबारी गाउँपालिका वडा नं ३ रमाइलो चोकस्थित एक घरमा मध्यरातमा आगलागी हुँदा काठको घर पूर्ण रूपमा जलेर नष्ट भएको छ। स्थानीय ताराबल्लब गिरीको घरमा लागेको आगोले घरमा भण्डारण गरिएका धान, चामल, अन्नपात, लत्ताकपडा, फर्निचर लगायतका सामान जलेर नष्ट भएका छन्। साथै, आगलागीमा ९ वटा बाख्रा र खसी जलेर मरेका छन् भने एउटा बाच्छो घाइते भएको छ।

घरमा मानिसहरू अलग्गै बस्दै आएकोले मानविय क्षति भने हुन नपाएको प्रहरी स्रोतले जनाएको छ। प्रारम्भिक अनुमान अनुसार आगलागीले करिब १२ लाख रुपैयाँ बराबरको क्षति भएको छ, यद्यपि क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको बताइएको छ।

EPIC EPIC

आगलागी नियन्त्रणमा स्थानीयबासी, प्रहरी, र दमकलको टोलीले करिब तीन घण्टासम्म प्रयास गरेका थिए। आगलागीको कारण खुल्न नसकेको र थप अनुसन्धान भइरहेको जानकारी प्राप्त भएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *