Search
Close this search box.
Search
Close this search box.

अम्पायरिङमा रुचि राख्ने झापाका दिप्त अष्ट्रेलियामा राज्यस्तरमा उदाउँदै

दिप्तरमण रिजाल बाल्यकालदेखि नै क्रिकेटप्रति गहिरो रुचि राख्दै आएका छन्, विशेष गरी अम्पायरिङमा। उनी हाल क्यानबेरा, अष्ट्रेलियामा बस्दै आएका छन् र समुदायस्तरका २० भन्दा बढी प्रतियोगितामा अम्पायरिङ गरिसकेका छन्। समुदाय स्तरको अम्पायरको कोर्स चार वर्ष अगाडि सकेका हुन र रिजालले हालसालै राज्यस्तरको अम्पायर कोर्स पूरा गरेका छन्। उनले अष्ट्रेलियाको एसीटी राज्य क्रिकेट अम्पायर एशसिएसनको सदस्यता लिसकेका छन्।
उनको जन्म झापा, बुद्धशान्ति-२ मा भएको हो। उनले आफ्नो माध्यमिक शिक्षा ज्योति आवासीय माध्यमिक विद्यालयबाट पूरा गरेका छन्। बाल्यकालमा स्कोररका रूपमा आफ्नो यात्रा सुरु गरेका रिजालले समय व्यवस्थापनलाई अम्पायरिङमा सफलताको मुख्य सूत्र मानेका छन्।

रिजालले बिली बाउडेन, साइमन टफेल, कुमार धर्मसेना, र नितिन मेननजस्ता प्रतिष्ठित अम्पायरहरूलाई आदर्श मानेका छन्। उनी अम्पायरिङलाई आफ्नो करियरका रूपमा अघि बढाइरहेका छन् र यस क्षेत्रमा निरन्तर सुधार गर्दैछन्।

EPIC EPIC

उनको अनुसार, राज्यस्तर र समुदायस्तरको अम्पायरिङमा ठूलो फरक छ, र राज्यस्तरका खेलहरूमा निर्णायक निर्णय गर्न सक्षम हुनका लागि थप कौशल र अनुभवको आवश्यकता हुन्छ। दिप्तको लक्ष्य अन्तर्राष्ट्रिय स्तरमा पुग्ने र उच्चस्तरीय खेलहरूको हिस्सा बन्ने हो।

उनी अष्ट्रेलियामा बस्न थालेको ६ वर्ष भइसकेको छ र क्यानबेरामा उनी ४ वर्षदेखि अम्पायरिङमा संलग्न छन्। राष्ट्रीय स्तरको अम्पायर बन्नका लागि उनी अहिले कठिन प्रशिक्षणको प्रक्रियामा छन्, जसले उनलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा अघि बढ्न मद्दत गर्ने विश्वास छ।

उनी समय व्यवस्थापन र खेलको गहिरो समझलाई अम्पायरिङको महत्वपूर्ण पक्ष मान्छन्, जसले खेललाई निष्पक्ष र न्यायपूर्ण बनाउन मद्दत गर्छ।

उनले गत शनिबार, अक्टोबर ५मा पहिलो चोटी राज्य स्तरको एन्यु क्रिकेट क्लब र वेस्टर्न क्रिक क्रिकेट क्लबको खेलमा अम्पायरको भुमिका निर्वाह गरे।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
2
+1
1
+1
4
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *