Search
Close this search box.
Search
Close this search box.

डडेल्धुरामा बस दुर्घटना :४ जनाको मृत्यु, १२ घाइते

कैलाली । डडेल्धुरामा बस दुर्घटनामा मृतकहरूको पहिचान खुलेको छ। डडेल्धुराको अमरगढी नगरपालिका–७ खस्रेखानमा बस दुर्घटनामा परि घाइते भएका ४ जनाकै पहिचान खुलेको हो।

महेन्द्रनगरदेखि बैतडी जाँदै गरेको पवनदुत यातायातको ना ८ ख १०७८ नम्बरको बस दुर्घटनामा परि ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक तथा प्रवक्ता उपेन्द्रबहादुर बमले बताए।

EPIC EPIC

उनका अनुसार पुर्चौडी नगरपालिका–३ का २२ वर्षीय सहदेव बोहरा, २० वर्षीय कमला बोहरा, उनका नाबालक छोरा र पुर्चौडी नगरपालिका–३ का ४५ वर्षीय जयमती बोहराको मृत्यु भएको छ। बस दुर्घटनामा १२ जना घाइते भएका छन्।

घाइते हुनेमा पुचौर्डी नगरपालिका–७ का २४ वर्षीय नवराज साउँद, वडा नं ६ का २४ वर्षीय राजेन्द्र साउँद, वडा नं. ८ का ४२ वर्षीय पदम बोहरा, २४ वर्षीय बस चालक वीरेन्द्र बोहरा, वडा नं. ७ का २८ वर्षीय नवराज रतौकी, २० वर्षीय सुरेन्द्र रतौकी रहेका छन्।

यसै गरी, पुर्चौडी नगरपालिकाकै वडा नं.१० का दामोदर महरा, धनबहादुर महरा, कृष्णपुर नगरपालिका–४ का २५ वर्षीय दिनेश साउँद, वडा नं। ५ की ६५ वर्षीय धनमती साउँद, डडेल्धुरा आलिताल गाउँपालिका–१ का २१ वर्षीय मुकुन्द बोहरा घाइते भएका छन्।

घाइतेहरूको डडेल्धुरा जिल्ला अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *