कचनकवल। कोशी प्रदेश सामाजिक विकास मन्त्रालय, कचनकवल गाउँपालिका, र करुणा फाउण्डेशन नेपालको त्रिपक्षीय लागत साझेदारीमा अपाङ्गता भएका व्यक्तिहरुको लागि परिचयपत्र वितरण तथा आवश्यकता पहिचान शिविर सञ्चालन हुने भएको छ।
राष्ट्रिय अपाङ्ग महासंघ नेपालको प्राविधिक सहयोगमा आगामी आर्थिक वर्ष २०८१।०८२ को अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम अन्तर्गत विशेषज्ञ चिकित्सक र प्राविधिकद्वारा प्रारम्भिक जाँच गरिने भएको छ। शिविर पुष ७ गतेदेखि १३ गतेसम्म कचनकवल गाउँपालिकाका विभिन्न वडामा सञ्चालन हुनेछ।
कुन कुन वडामा कहिले कहिले सञ्चालन हुँदैछ शिविर?
१. पुष ७ गते: वडा नं. २, वडा कार्यालय, पथरिया
२. पुष ८ गते: स्वास्थ्य चौकी, घेराबारी
३. पुष ९ गते: स्वास्थ्य चौकी, पथरिया
४. पुष १० गते: स्वास्थ्य चौकी, पाठामारी
५. पुष ११ गते: वडा नं. ४, वडा कार्यालय
६. पुष १२ गते: वडा नं. ६, वडा कार्यालय
७. पुष १३ गते: कचनकवल गाउँपालिकाको कार्यालय
आवश्यक कागजात
१. अपाङ्गता भएका व्यक्तिको नागरिकताको सक्कल प्रमाणपत्र र सो को १ प्रति प्रतिलिपी,
२ . अपाङ्गता भएका व्यक्ति नाबालक भएको हकमा जन्मदर्ताको सक्कल प्रमाणपत्र, सो को १ प्रति प्रतिलिपी र निजको अभिभावकको नागरिकताको प्रतिलिपी,
३. अपाङ्गता भएका व्यक्तिको पासपोर्ट साइजको फोटो २ प्रति,
४. अपाङ्गता परिचयपत्र लिई सकेको भए अपाङ्गता परिचयपत्रको सक्कल र सोको १ प्रति प्रतिलिपी,
५. बसाइँसरी आएको हकमा बसाइँसराई प्रमाणपत्रको प्रतिलिपी,
६. मानसिक अपाङ्गताको हकमा विगतमा सेवन गरिरहेको औषधी र डाक्टरको पुर्जा,
७. डाक्टरले परिक्षण गरिसकेको भएमा परिक्षणको कागजात ।
शिविरमा अपाङ्गता भएका व्यक्तिहरूले प्रारम्भिक जाँच, आवश्यक सेवा पहिचान, र परिचयपत्र तथा परिवारिक कार्ड वितरण सेवा लिन सक्नेछन्। कार्यक्रम सम्बन्धी थप जानकारीका लागि कचनकवल गाउँपालिकाको कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ।
गाउँपालिकाबाट जारी सूचना