वडाध्यक्षलाई विद्यालय व्यवस्थापन समिति अध्यक्ष बन्न रोक

एउटै व्यक्ति अनुगमनकर्ता र अनुगमित दुवै हुन सक्दैन : सर्वोच्च अदालत

काठमाडौँ —सर्वोच्च अदालतले वडाध्यक्ष र सदस्यलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बन्न रोक लगाएको छ । जनप्रतिनिधि एउटा विद्यालयको अध्यक्ष बन्नेभन्दा पनि वडाभित्रका सबै विद्यालयको अनुगमन र शैक्षिक व्यवस्थापनमा जिम्मेवार हुनुपर्ने सर्वोच्चले जनाएको छ । Advertisement

काठमाडौं महानगरपालिकासहित केही स्थानीय तहले कानुन बनाएरै वडाध्यक्ष वा निजले तोकेको सदस्यलाई व्यवस्थापन समितिको अध्यक्षको जिम्मेवारी दिँदै आएका थिए ।

EPIC EPIC EPIC EPIC EPIC

काठमाडौं महानगरपालिकाले स्थानीय शिक्षा ऐन २०७५ लाई २०८० मा संशोधन गर्दै सम्बन्धित वडाको अध्यक्ष वा निजले तोकेको वडा सदस्य विद्यालय व्यवस्थापन समिति अध्यक्ष रहने व्यवस्था गरेको थियो ।

Advertisement

उक्त निर्णय बदरको माग राख्दै १७ विद्यालयका व्यवस्थापन समिति अध्यक्ष २०८० भदौमा सर्वोच्च गएका थिए । त्यतिबेलै रिटमा प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले काममा फर्कन उनीहरूलाई आदेश दिएको थियो । बर्खास्त गर्नुअघि सुनुवाइ र सफाइको मौका दिनुपर्ने अदालतको तर्क थियो ।

उक्त निर्णय बदरको माग राख्दै १७ विद्यालयका व्यवस्थापन समिति अध्यक्ष २०८० भदौमा सर्वोच्च गएका थिए । त्यतिबेलै रिटमा प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले काममा फर्कन उनीहरूलाई आदेश दिएको थियो । बर्खास्त गर्नुअघि सुनुवाइ र सफाइको मौका दिनुपर्ने अदालतको तर्क थियो ।

विद्यालय व्यवस्थापन समितिका पदाधिकारीको रिटमा अन्तिम सुनुवाइ गर्दै प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू प्रकाशनमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको संवैधानिक इजलासले वडाध्यक्षलगायत जनप्रतिनिधि विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बन्न नसक्ने फैसला गत साउन १६ मा गरेको थियो । फैसलाको पूर्णपाठ मंगलबार सार्वजनिक भएको हो ।Advertisement

संविधानले माध्यमिक शिक्षासम्मको अधिकार स्थानीय तहलाई दिएको छ । सर्वोच्चले उक्त फैसलामा स्थानीय तहको एकल अधिकार क्षेत्रको कानुन बनाउँदा संघीय कानुन प्रतिकूल हुन नहुने व्याख्या गरेको छ ।

‘स्थानीय तहको एकल अधिकारसम्बन्धी विषयमा पनि सीमा रहन्छ । यो अधिकार निरपेक्ष नभई संघीय र प्रादेशिक कानुनको अधीनमा रहन्छ । संविधानले परिकल्पना गरेको संघीयता सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित रहन्छ । यसैले स्थानीय तहले कानुन बनाउँदा यी सिद्धान्तहरूको पालना गर्नुपर्छ,’ फैसलाको पूर्णपाठमा भनिएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *