कचन कवल विद्या मन्दिरको २८औं वार्षिकोत्सव सम्पन्न, खेल मैदान उद्घाटन

कचनकवल। झापाको कचनकवल-६ स्थित कचन कवल विद्या मन्दिर माविले आफ्नो २८औं वार्षिकोत्सव, अक्षरम्भ कार्यक्रम तथा सरस्वती पूजा भव्य रूपमा सम्पन्न गरेको छ। यस अवसरमा विद्यालयको नवनिर्मित खेल मैदानको पनि उद्घाटन गरिएको छ।

कार्यक्रम विद्यालयका प्रधानाध्यापक खगेन्द्र पाण्डेको अध्यक्षतामा सम्पन्न भयो, भने कचनकवल गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंशी प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा उपाध्यक्ष नवराज भट्टराई, पूर्व कोशी प्रदेशसभा सदस्य वसन्त बानियाँ, विभिन्न वडाका वडाध्यक्षहरू तथा शिक्षासम्बद्ध व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रह्यो। अतिथिहरूलाई विद्यार्थीहरूले विशेष मार्च पाससहित सलामी दिँदै स्वागत गरेका थिए।

EPIC EPIC EPIC

विद्यालयका शिक्षक राजु थापाले स्वागत मन्तव्य राखेका थिए भने स्थानीय लक्ष्मी क्याम्पसका प्रमुख मोति राजवंशीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

प्रमुख अतिथि राजवंशीले विद्यालयको खेल मैदानको रिबन काटेर उद्घाटन गरे। उनले विद्यालयको शैक्षिक स्तर उकास्न गुणस्तरीय शिक्षाका लागि आधुनिक पूर्वाधार आवश्यक रहेको उल्लेख गरे।

विद्यालय प्रशासनका अनुसार हाल विद्यालयमा मन्टेसरी विधिबाट पठनपाठन सञ्चालन भइरहेको छ।

शैक्षिक सत्र २०८० का उत्कृष्ट विद्यार्थीहरूलाई विशेष पुरस्कार प्रदान गरियो। अक्षारम्भ कार्यक्रम अन्तर्गत ५५ जना बालबालिकाले विद्यालयमा निःशुल्क भर्ना लिएका छन्।

त्यसैगरी, राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका उत्कृष्ट खेलाडीहरूलाई प्रमाणपत्र वितरण गरिनुका साथै विशेष खेलकुद सम्मान कार्यक्रमसमेत आयोजना गरियो।

कार्यक्रमलाई थप रोचक बनाउन विद्यालयका छात्रछात्राले आकर्षक सांस्कृतिक नृत्य, गीत तथा कवितावाचन प्रस्तुत गरेका थिए। विद्यालय परिसरमा सरस्वती पूजाको विशेष कार्यक्रम आयोजना गरिएको थियो, जसमा विद्यार्थी, शिक्षक तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। पूजाका अवसरमा सरस्वती वन्दना तथा शैक्षिक महत्त्वबारे विशेष चर्चा गरियो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *