काठमाडौँ । सरकारले हिमाल आरोहणमा खटिने कामदारको ज्याला बढाएको छ ।
पर्वतारोहण सम्बन्धी (छैटौँ संशोधन) नियमावली २०८१ मार्फत सरकारले हिमाल आरोहणमा खटिने कामदारले पाउने ज्याला बढाउने निर्णय गरेको हो ।
यसअघि दैनिक भत्ता ४ सय रुपैयाँ रहेको सरदारको ज्याला अब दैनिक १ हजार ५ सय रुपैयाँ पुर्याइएको छ । पर्वतीय पथप्रदर्शक र उचाइमा जाने कामदारले अब दैनिक १ हजार २ सय रुपैयाँ पाउने भएका छन् ।
यसअघि यस्ता कामदारको दैनिक ज्याला ३ सय ५० रुपैयाँ मात्र तोकिएको थियो । आधार शिविरमा खटिने कामदारको ज्याला दैनिक १ हजार पुगेको छ । यसअघि दैनिक ३ सय मात्र थियो ।
३ हजार ७ सय मिटरसम्म उचाइमा जाने स्थानीय कामदारलाई भने दैनिक ८ सय र त्यसभन्दा माथि जाने स्थानीय कामदारको ज्याला दैनिक १ हजार पुगेको छ ।