प्रतिनिधिसभा बैठक आज बस्दै, उपभोक्ता अदालत गठन र मोन्ट्रियल प्रोटोकल संशोधनमा छलफल हुने

काठमाडौं । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज मध्याह्न १ः०० बजे बस्दैछ। संसद् सचिवालयका अनुसार बैठकको सम्भावित कार्यसूचीमा विभिन्न विधेयक र अन्तर्राष्ट्रिय सम्झौतासम्बन्धी छलफल समेटिएको छ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले उपभोक्ता अदालतको गठनसम्बन्धी सूचना टेबुल गर्ने कार्यक्रम छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘आमसञ्चार परिषद् विधेयक, २०८१’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ।

EPIC EPIC EPIC

त्यस्तै, वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले ‘मोन्ट्रियल प्रोटोकल किगाली संशोधनमाथि छलफल गरियोस्’ भन्ने प्रस्ताव सदनसमक्ष पेश गर्नुहुनेछ। साथै, आजकै बैठकमा सो संशोधनमाथि छलफल हुने संसद् सचिवालयले जनाएको छ। छलफलपछि मन्त्री ठकुरीले ‘मोन्ट्रियल प्रोटोकल किगाली संशोधनलाई अनुमोदन गरियोस्’ भन्ने प्रस्ताव पनि प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

आजको बैठकमा यी एजेन्डासँगै अन्य समसामयिक विषयमा समेत छलफल हुन सक्ने अपेक्षा गरिएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *