मुक्कुमलुङ संरक्षण आन्दोलन थप चर्किंदै, संघर्ष समितिले नयाँ आन्दोलन कार्यक्रम घोषणा

ताप्लेजुङ – मुक्कुमलुङ संरक्षण आन्दोलन पाँचौं वर्षमा प्रवेश गर्दा पनि राज्य पक्षले जनसमुदायको आवाज नसुनेको भन्दै आन्दोलन थप चर्किएको छ। संरक्षण पक्षधरहरूले मुक्कुमलुङ आध्यात्मिक स्थललाई अतिक्रमण गर्ने केबलकार परियोजना रोक्नुपर्ने माग गर्दै आएका छन्। तर, राज्यले वार्तामा सहमति गरे पनि निर्माण कार्यलाई तीव्रता दिएको भन्दै आन्दोलनकारी आक्रोशित बनेका छन्।

संघर्ष समितिले राज्यद्वारा शान्तिपूर्ण प्रदर्शनमाथि बारम्बार दमन भएको आरोप लगाएको छ। कार्तिक २३ गतेको खुकुरी काण्ड, माघ १२ गतेको बलुडाडा गोलीकाण्ड, फागुन ८-९ गते नाम्जाङगेमा पदयात्रा क्रममा आक्रमण र फागुन १० गते फुङलिङमा मानव अधिकार उल्लंघन गर्दै व्यापक धरपकड गरिएको भन्दै संघर्ष समितिले गम्भीर आपत्ति जनाएको छ।

EPIC EPIC EPIC

संघर्ष समितिका अनुसार २५ जना आन्दोलनकारीलाई बन्दी बनाइएको छ भने २० जनालाई पक्राउ पूर्जी जारी गरिएको छ। यस्तै, सुरक्षाकर्मीको सुरक्षामा भिजीलान्ते समूह परिचालित गरेर आन्दोलन दबाउन खोजिएको आरोपसमेत लगाइएको छ।

संघर्ष समितिले गत माघ २२ गते राज्य पक्षसँग केबलकार निर्माण स्थगन गर्ने सहमतिमा पुगेको दाबी गर्दै, तर त्यसलाई सरकारले तोडेको जनाएको छ। फागुन २७ गते सरकारी वार्ता टोलीको ‘अकर्मण्यता’ ले वार्ता विफल भएको भन्दै आन्दोलनकारी पक्षले चार बुँदे शर्त राखे पनि वार्ताको वातावरण नबनेको बताएको छ।

संघर्ष समितिले “वार्ता खुला राख्दै आन्दोलनलाई संगसंगै लैजाने” भन्दै नयाँ आन्दोलन कार्यक्रम सार्वजनिक गरेको छ।

संघर्ष समितिद्वारा घोषणा गरिएको आन्दोलन कार्यक्रम

१. तयारी भेला तथा छलफल

  • फागुन २८ – काठमाडौँ उपत्यकामा बुद्धिजीवी भेला
  • चैत २ – राजनीतिक दल तथा सांसदहरूलाई आन्दोलनबारे जानकारी पत्र
  • चैत ३ – सरकार, संसद, र न्यायालयलाई जानकारी पत्र
  • चैत ४-१२ – प्रदेश १ का विभिन्न जिल्लाहरूमा अगुवा कार्यकर्ताहरूको भेला
  • चैत ६ – अन्तरधार्मिक समन्वय भेला
  • चैत ७ – अन्तर्राष्ट्रिय निकायहरूमा विस्तृत जानकारी पत्र पठाइने
  • चैत १५-२२ – १४ जिल्लामा गाउँ जागरण अभियान, घाइते तथा वारन्टीहरूका परिवार भेटघाट

२. जनप्रदर्शन, आमसभा, अनसन र बन्द

  • चैत २ – धरानमा मुक्कुमलुङ सम्मेलन
  • चैत ३ – ताप्लेजुङ फुङलिङमा रिले अनसन सुरू
  • चैत ३ – पत्रकार सम्मेलनमार्फत गिरफ्तारी परेका तथा घाइतेहरूको नामावली सार्वजनिक
  • चैत ४ – एशियन हाइवे केन्द्रित प्रदेश १ बन्द (१ दिने)
  • चैत ६ – काठमाडौँ सिंहदरबार घेराउ
  • चैत ८ – आन्दोलनका घटनाहरूको फोटो प्रदर्शनी
  • चैत ९-११ – मधेस प्रदेशका लाहान, जनकपुर, लालबन्दीमा जनप्रदर्शन
  • चैत १० – कवि तथा साहित्यकारद्वारा विशेष कार्यक्रम
  • चैत २४ – प्रदेश १ का १४ जिल्लामा जनप्रदर्शन
  • चैत २५ – प्रदेश १ मा अनिश्चितकालीन यातायात बन्द (परिस्थिति अनुसार अघि बढ्न सक्ने)

संघर्ष समितिले पत्रकार, नागरिक समाज, राजनीतिक दल, व्यवसायी तथा जनसमुदायलाई आन्दोलनमा साथ दिन आह्वान गरेको छ। “मुक्कुमलुङ संरक्षण र केबलकार खारेज नभएसम्म आन्दोलन रोकिँदैन,” संघर्ष समितिले जनाएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *