राष्ट्रिय युवा संघका नेताहरुमाथि आक्रमण, संघद्वारा घोर भर्त्सना

बिर्तामोड – राष्ट्रिय युवा संघ नेपाल झापाले आफ्ना नेताहरूमाथि भएको आक्रमण ज्यानै मार्ने उद्देश्यले गरिएको बताएको छ। संघले हत्या गर्ने योजनासहितको उक्त आक्रमणको कडा शब्दमा भर्त्सना गर्दै घटनामा संलग्न अपराधीहरूलाई शीघ्र पक्राउ गरी कानुनी दायरामा ल्याउन माग गरेको छ।

आज एक विज्ञप्ति जारी गर्दै संघले घटनाको निन्दा गर्दै दोषीहरूमाथि तत्काल कडा कानुनी कारबाही गर्न माग गरेको छ। आक्रमणमा परी राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय सदस्य एवं झापा इन्चार्ज खगेन्द्रराज आङ्दाड्वे, संघका नेता विश्वदिप राजवंशी र विर्तामोड-४ निवासी अजय खवास गम्भीर घाइते भएका छन्।

EPIC EPIC EPIC

संघका अनुसार, घटनामा संलग्न अभियुक्तहरूमध्ये खगेन्द्र खालिङ राईलाई प्रहरीले पक्राउ गरिसकेको छ भने दुगां खालिङ राईसहित अन्य ३-४ जना अझै फरार छन्। संघले फरार व्यक्तिहरूलाई तत्काल खोजी गरी कानुनी कारबाही गर्न प्रहरी प्रशासनसमक्ष जोडदार माग गरेको छ। साथै, घाइते नेताहरूको शीघ्र स्वास्थ्य उपचारको व्यवस्था मिलाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।

संघले यस्ता हिंसात्मक घटनाहरूले समाजमा अराजकता, अशान्ति र सामाजिक सद्भावमा खलल पुर्‍याउने भन्दै प्रशासनले यदि यस्ता अपराधिक गिरोहहरूलाई नियन्त्रण नगरे राष्ट्रिय युवा संघ नेपाल प्रतिकारमा उत्रन बाध्य हुने चेतावनी समेत दिएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *