झापा, चैत १ – होली पर्वका अवसरमा नियम उल्लङ्घन गर्ने सयौं सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने सात जनालाई पक्राउ गरिएको छ।
झापा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी खगेन्द्र खड्काका अनुसार होलीमा अबाञ्छित गतिविधि गर्ने सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। साथै, ट्राफिक नियम उल्लङ्घन गर्ने ५६४ सवारीसाधनलाई दिनभर होल्ड गरिएको छ।
प्रहरीका अनुसार होल्ड गरिएका सवारीसाधनमध्ये ४०९ वटा मोटरसाइकल, ४० वटा अटो तथा सिटी सफारी, र १५ वटा चारपांग्रे गाडी रहेका छन्। ती सवारीसाधनलाई जरिवाना तिराएर छोडिने प्रवक्ता खड्काले जानकारी दिए।
होलीका अवसरमा मोटरसाइकलमा तीनजना सवार हुने, मादक पदार्थ सेवन गरी सवारी चलाउने, बिना हेल्मेट यात्रा गर्ने तथा सार्वजनिक स्थानमा अबाञ्छित गतिविधि गर्नेहरूमाथि प्रहरीले कारबाही गरेको छ। यसअघि प्रहरीले होली पर्वमा गर्न नहुने गतिविधिबारे माइकिङ गर्दै सूचना तथा सचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरेको थियो।
प्रहरीले आगामी वर्षहरूमा पनि होली पर्व सुरक्षित र मर्यादित बनाउन निगरानी अझ कडा बनाइने जनाएको छ।