काठमाडौं । नेपालमा राजसंस्था पुनर्स्थापना र सनातन धर्म सापेक्ष राष्ट्र निर्माणको मागसहित एक महाअभियान सुरु गरिएको छ। यसै सन्दर्भमा, राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति, नागरिक बचाउ महाअभियान को आयोजनामा चैत्र १५ गते काठमाडौंको तिनकुनेमा विशेष कार्यक्रम हुन गइरहेको छ।
यस अभियानलाई थप प्रभावकारी बनाउन शाही युवा शक्ति नेपाल ले पूर्ण समर्थन जनाएको छ। संगठनका अध्यक्ष पशुपति खड्का सहितका नेताहरूले कार्यक्रम सफल बनाउन विभिन्न गतिविधि गर्ने निर्णय गरेका छन्।
