इटहरी र धरानमा बम आतंक मच्चाउने दुईजना पक्राउ

धरान : सुनसरीको इटहरी र धरानमा बम राखेर आतंक फैलाउने दुईजना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। गत पुस १६ गते ९८१४३४७२९० मोबाइल नम्बरबाट सुनसरीको बुढिखोला, भोटेपुलमुनि र इटहरी नगरपालिका अगाडि पान पसलको छेउमा कालो झोलामा बम राखिएको छ भनेर आतंक फैलाउने उनीहरूलाई बिहीबार पक्राउ गरिएको सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले बताए।

आतंक फैलाउने झापाको दमक नगरपालिका-१ का ४७ वर्षीय संजय उपनामका खगेन्द्र खरेल र इटहरी-४ की ३६ वर्षीय लक्ष्मीदेवी थापालाई पक्राउ गरिएको एसपी तिम्सिनाले बताए।

EPIC EPIC EPIC EPIC EPIC

उनीहरूले इलाका प्रहरी कार्यालय इटहरी र पकलीको क्लोज युजर ग्रुप नम्बरमा फोन गरी बम राखेको हल्ला फैलाएका थिए। उक्त जानकारी पाउनासाथ प्रहरीले इटहरी नगरपालिका अगाडि कालो झोलाभित्र राखेको कुकर बम नेपाली सेना बोलाएर डिस्पोज गरेको थियो। 

बम राखेर सर्वसाधारणलाई आतंक फैलाई फरार रहेका दुवै जनालाई सुनसरीको कोशी गाउँपालिका-८ स्थित भाण्टाबारीमा लुकीछिपी बसेको छ भन्ने सूचनाका आधारमा पक्राउ गरी घटनाको अनुसन्धान थालिएको एसपी तिम्सिनाले बताए।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *