स्थानिय तहका कर्मचारी आन्दोलित, कालोपट्टीसहित पेनडाउनको तयारी



बिर्तामोड । संघीय निजामती सेवा विधेयकप्रति असन्तुष्टि जनाउँदै स्थानीय तहका कर्मचारी आन्दोलित भएका छन्। स्थानीय सेवा कर्मचारी सञ्जाल नेपालले शनिबार विज्ञप्ति जारी गर्दै आइतबारदेखि चरणबद्ध आन्दोलन सुरु गर्ने घोषणा गरेको हो।

सञ्जालका महासचिव दिपक सिंह धामीद्वारा जारी विज्ञप्तिमा आइतबार ७५३ वटै पालिकाका प्रमुखमार्फत राज्य व्यवस्था तथा सुशासन समितिका सभापति, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री, कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री र मुख्य सचिवलाई ध्यानाकर्षण गराइने उल्लेख छ।

EPIC EPIC EPIC EPIC EPIC

सोमबार काठमाडौंमा भेला भएर दबाबमूलक कार्यक्रम गर्ने र ७५३ वटै पालिकामा कालो पट्टी बाँधेर काम गर्ने कार्यक्रम रहेको सञ्जालले जनाएको छ। माग सम्बोधन नभए शुक्रबार काठमाडौं केन्द्रित सडक आन्दोलनसहित सम्पूर्ण पालिकामा ‘पेन डाउन’ गर्ने चेतावनी पनि दिइएको छ।

सञ्जालले सरकार र स्थानीय तहका कर्मचारीबीच भएका सम्झौताहरू लत्याउँदै विधेयक अघि बढाइएकोप्रति आपत्ति जनाएको छ। साथै, राज्य व्यवस्था तथा सुशासन समितिले कर्मचारीको माग समेटिएका दफाहरूमा आफूहरूसँग कुनै छलफल नगरेको र उपसमितिले पनि मागहरू बेवास्ता गर्दै प्रतिवेदन बुझाएको भन्दै गम्भीर ध्यानाकर्षण गराएको छ।

यसअघि सरकार र कर्मचारीबीच संघ, प्रदेश र स्थानीय सेवाका कर्मचारीको सेवा शर्तमा न्यूनतम मापदण्ड समावेश गर्ने, र स्थानीय सेवा स्थायी कर्मचारीलाई निजामती कर्मचारीको रूपमा परिभाषित गर्नेसहितका सहमति भएका थिए।

हाल शिक्षक र आवासीय चिकित्सकहरू समेत आन्दोलित अवस्थामा छन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *