आगामी दुई दिन तराईमा तातो हावा चल्ने सम्भावना, सावधानी अपनाउन आग्रह

काठमाडौं
मौसम विज्ञान विभागले आगामी दुई दिनसम्म मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगमा अत्यधिक गर्मी बढ्ने सम्भावना देखिएको भन्दै सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

विभागका अनुसार पछिल्ला केही दिनदेखि लुम्बिनी प्रदेशको तराई क्षेत्रमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ। आगामी वैशाख १२ गतेसम्म ती क्षेत्रमा तातो हावा (हिट वेभ) चल्ने सम्भावना रहेकाले यसले स्वास्थ्यमा असर पार्न सक्ने बताइएको छ।

EPIC EPIC EPIC EPIC EPIC

बुधबार साँझ ७ बजेको तथ्यांकअनुसार मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तापक्रम ३८ डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

तातो हावाको प्रभावका कारण थकाइ, कमजोरी, अत्यधिक तिर्खा, टाउको दुख्ने, खुट्टा सुन्निने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने र वान्ता हुने जस्ता लक्षण देखिन सक्ने भएकाले विशेष सतर्कता अपनाउन विज्ञहरूले सुझाव दिएका छन्।

यस्ता स्वास्थ्य समस्याबाट बच्न मौसम विभागले निम्न सावधानी अपनाउन सुझाव दिएको छः

  • चिसो तथा हावापानी सुहाउँदो स्थानमा बस्ने
  • हल्का तथा सुतीको कपडा लगाउने
  • प्रशस्त मात्रामा झोल पदार्थ सेवन गर्ने
  • स्वास्थ्यमा समस्या आएमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने

मौसम विभागले अत्यधिक गर्मीका बेला विशेष गरी बालबालिका, वृद्धवृद्धा, गर्भवती महिला तथा दीर्घरोगीहरू अझ सचेत हुनुपर्नेमा जोड दिएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *