मनसुन अघि एसियन हाइवेको डाइभर्सनको काम सक्न निर्देशन

झापा। पूर्व–पश्चिम राजमार्गको पूर्वी खण्डमा निर्माणाधीन एसियन हाइवेको डाइभर्सन कार्य मनसुन सुरु हुनुअघि नै सम्पन्न गर्न निर्देशन दिइएको छ। काँकडभिट्टा–लौकही सडक योजना कार्यालय (पूर्वी खण्ड) दमकले निर्माण कम्पनीलाई उक्त निर्देशन दिएको हो।

करीब १० अर्ब रुपैयाँको लगानीमा एशियाली विकास बैंकको सहयोगमा भइरहेको स्तरोन्नति योजनाअन्तर्गत डाइभर्सनको काम तीव्र गतिमा सम्पन्न गर्न पत्राचारमार्फत आग्रह गरिएको आयोजना प्रमुख इन्जिनियर सुनिलबाबु पन्तले जानकारी दिनुभयो।

EPIC EPIC EPIC EPIC EPIC

उहाँका अनुसार डाइभर्सन निर्माणको ढिलाइका कारण मनसुनी वर्षाले डाइभर्सन बगाउने तथा यातायात अवरुद्ध हुने जोखिम बढेको छ। ‘बर्खामा खाल्डाखुल्डी भएका डाइभर्सनले दुर्घटना र विपद्को सम्भावना बढाउँछ,’ पन्तले भन्नुभयो, ‘त्यसैले साना पुल र कल्भर्टको निर्माण छिटो गरी यातायात मुख्य सडकबाटै सञ्चालन गर्नुपर्छ भन्ने हाम्रो जोड छ।’

निर्माण कम्पनीको कार्यप्रगतिलाई नियमित अनुगमन गरिरहेकाले बर्खायाममा यातायात सञ्चालनमा अवरोध नआउने व्यवस्था मिलाइने उहाँको भनाइ छ। हालसम्म सडक निर्माणको भौतिक प्रगति १९ प्रतिशत र पुल–कल्भर्टको प्रगति १७ प्रतिशत मात्र रहेको कार्यालयले जनाएको छ।

निर्माण कार्यमा ढिलाइ भैरहेको र वर्षायाममा सवारी आवागमनमै असर पर्ने सम्भावना देखिएकाले स्थानीयबासीबाट गुनासोसमेत आएको छ। यसैबीच आयोजना प्रमुख पन्तले वर्षात्को समयमा देखिने समस्याको तत्काल समाधानका लागि ‘र्यापिड रेस्पोन्स टोली’ तयारी अवस्थामा राखिएको जानकारी दिनुभयो। साथै, वर्षायामभरि पनि निर्माण कार्य यथावत् जारी रहने उहाँको भनाइ छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *