भुतेनी खोलाको पुल उद्घाटनसँगै काठेपुल मुक्त बन्यो हल्दिबारी गाउँपालिका

हल्दीबारी। झापाको हल्दीबारी गाउँपालिका वडा नं १ र ५ लाई जोड्ने पक्की पुल आज एक विशेष समारोहबीच उद्घाटन गरिएको छ। नेपाल सरकारका पूर्व उपप्रधान तथा उर्जामन्त्री राजेन्द्र प्रसाद लिङदेनले पुलको उद्घाटन गरेका हुन्।

२०७९ कार्तिक ७ गते निर्माण सम्झौता भएको सो पुलको निर्माण अवधि दुई वर्ष तोकिएको भए पनि पाँच महिना अघिनै निर्माण कार्य सम्पन्न गरिएको हो। ४२.७ मिटर लम्बाइ र ७.२ मिटर चौडाइको यो पुल सारा सृष्टि निर्माण सेवा प्रालिले निर्माण गरेको हो।

EPIC EPIC EPIC EPIC EPIC

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन महेन्द्रका अनुसार, ४ करोड ९६ लाख ८५ हजार ९ सय रुपैयाँमा ठेक्का सम्झौता भए पनि यो पुल २ करोड ३० लाख रुपैयाँमा सम्पन्न गरिएको छ। पुल हल्दीबारी गाउँपालिकाकै आन्तरिक बजेट व्यवस्थापनबाट निर्माण गरिएको हो।

पहिलो भुतेनी खोलाको जीर्ण अवस्थाको काठेपुल
निर्माण सम्पन्न भई उद्घाटन गरिएको भुतेनी खोलाको पुल

यससँगै भुतेनीस्थित वडा नं १ र भुसुडीस्थित वडा नं २ मा एकैसाथ तीन वटा पुलको शिलान्यास गरिएको थियो। अन्य दुई पुल पनि अहिले निर्माणको अन्तिम चरणमा पुगेको प्रमुख प्रशासकीय अधिकृत वनले जानकारी दिएका छन्।

उद्घाटन समारोहमा बोल्दै सांसद लिङदेनले गाउँपालिकालाई ‘काठेपुलमुक्त’ बनाउने लक्ष्यअनुसार समयमै निर्माण सम्पन्न भएकोमा खुसी व्यक्त गरे। उनले सीमित स्रोतसाधनमा पालिकाले आफ्नै लगानीमा ठूलो योजना सफल बनाएको उदाहरण प्रस्तुत गर्दै जनप्रतिनिधि र कर्मचारीको इमान्दार प्रयासले विकास सम्भव हुने बताए।

कार्यक्रम हल्दीबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेनको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा वडा नं १ का अध्यक्ष देवीबहादुर थापा, वडा नं ५ का अध्यक्ष खड्गबहादुर लावती, वडा नं ४ का अध्यक्ष सन्तकुमार थापा, कार्यपालिका सदस्य, वडा सदस्य, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा स्थानीयवासीको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै पालिका अध्यक्ष लिङदेनले विगत ७ वर्षमा १५० वटा काठेपुल, बाँसपुल र कल्भर्ट विस्थापित गरी पक्की संरचना निर्माण गरिएको जानकारी दिए। उनले बाँकी रहेका निर्माण कार्य पनि योजनाबद्ध रूपमा अघि बढाइने प्रतिबद्धता व्यक्त गरे।

पुल निर्माणको लागत तथा योजनाबारे योजना शाखा प्रमुख राजन न्यौपानेले प्रष्ट पार्दै उद्घाटन समारोह सञ्चालन गरेका थिए।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

Nabin Upreti नबिन उप्रेती

नवीन उप्रेती

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका झापा सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *