भद्रपुरमा वायु प्रदूषण न्यूनीकरणका लागि साइकल र्‍याली हुने

झापा — वायु प्रदूषण न्यूनीकरण र जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले झापाको भद्रपुरमा साइकल र्‍याली आयोजना गरिने भएको छ। भद्रपुर साइकल समाजको पहलमा र भद्रपुर नगरपालिकाको संयोजनमा जेठ २० गते (मङ्गलवार) बिहान ६ बजे र्‍याली सञ्चालन गरिने समाजका अध्यक्ष जीवनकुमार श्रेष्ठले जानकारी दिए।

विश्व साइकल दिवस (जुन २) र विश्व वातावरण दिवस (जुन ५) लाई लक्षित गर्दै नगर क्षेत्रमा पहिलोपटक आयोजना हुन लागेको सो र्‍याली चन्द्रगढी विमानस्थलबाट सुरु भई कलवलगुरी, चन्द्रगढ, पुहातुबारी चोक, घोडामारा, भद्रपुर बजार, नयाँ बजार, किचकबध, चारआली चोक, हिमाली चोक, दियालो वन हुँदै सगरमाथा र झापा चोक पार गर्दै नगरपालिकामा पुगेर समापन हुने जनाइएको छ।

EPIC EPIC EPIC

कार्यक्रममा नगर प्रमुख, उपप्रमुख, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, वडा अध्यक्षहरू, जिल्ला खेलकुद विकास समिति, सामाजिक संघ–संस्था, पत्रकार तथा साइकल प्रेमीहरूको उल्लेखनीय सहभागिता रहने आयोजकहरूले जनाएका छन्। सहभागी हुन अध्यक्ष श्रेष्ठले सबैमा आग्रह गरेका छन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च