जहाँ मुसे मृग हरायो, लटहर बोल्दैन : जलथलको अन्तर्कथा

झापा— ‘रुखहरूको जीवित सङ्ग्रहालय’ मानिने झापाको जलथल जङ्गलमा रहेका दुर्लभ वनस्पति र जीवजन्तुहरू लोप हुने खतरामा परेका छन्। दक्षिण झापाको हल्दिबारी गाउँपालिका, भद्रपुर नगरपालिका, कचनकबल गाउँपालिका र बाह्रदशी गाउँपालिकामा फैलिएको करिब ६,१०० हेक्टर क्षेत्रफलको यस जङ्गल जैविक विविधताले भरिपूर्ण छ।

यहाँ लटहर, थाकल, भोटे लहरा जस्ता दुर्लभ वनस्पति संकटमा छन्। साथै, संसारकै सानो आकारको मृग मानिने ‘मुसे मृग’ पनि केही वर्षयता देखिएको छैन।

EPIC EPIC EPIC EPIC EPIC

वन अनुसन्धान संस्था ‘फरेस्ट एक्सन नेपाल’का अनुसन्धानकर्ता डा. लिलानाथ शर्माका अनुसार नेपालमा पाइने ६०० भन्दा बढी प्रजातिका रुखमध्ये १५५ प्रजाति जलथल जङ्गलमा पाइन्छन्। यही कारण यो क्षेत्रलाई ‘रुखहरूको राजधानी’ पनि भनिन्छ।

समुन्द्र सतहदेखि ७० देखि १०० मिटर उचाइमा फैलिएको जलथलमा हालसम्म २३५ प्रजातिका चरा, १५७ प्रजातिका पुतली, ४३ प्रजातिका माछा, १४ प्रकारका भ्यागुता र ३२ प्रजातिका सरिसृपको अभिलेख गरिएको छ।

नेपालको कुल वन क्षेत्रको ०.१ प्रतिशत मात्र भूभाग ओगटेको जलथलमा यति धेरै जैविक विविधता हुनु विश्वमै दुर्लभ मानिन्छ। यहाँ नेपालमा हालसम्म अभिलेख नगरिएका छ प्रजातिका रुख र तीन प्रजातिका वनस्पति पनि भेटिएको अनुसन्धानले देखाएको छ।

“पछिल्ला दुई–तीन वर्षमा कसैले मुसे मृग देखेको बताएका छैनन्,” डा. शर्माले भने, “यसको अर्थ यो सानो, लजालु र झाडीमा लुकेर बस्ने प्रजाति अब जलथलबाट लोप भइसकेको हुन सक्छ।”

छलफलमा उनले जलवायु परिवर्तन, मिचाहा झार, चरम मानव अतिक्रमण र चोरी सिकारीका कारण जलथलको जैविक सम्पदा संकटमा परेको बताए।

नेपालमै लटहरको जङ्गल जलथलमा मात्र छ। ३० मिटर अग्लो र फल फल्ने यो दुर्लभ रुख पूर्वी नेपालमा अन्यत्र विरलै मात्र भेटिन्छ। तर लटहरको नयाँ विरुवा हुर्किन नसक्ने अवस्था गम्भीर खताका रूपमा देखिएको छ।

“घाँस, दाउरा संकलन र वन कटानीको कारण लटहर जस्ता दुर्लभ रुखको अस्तित्व नै जोखिममा परेको छ,” उनले भने।

त्यस्तै, डाइनोसर युगदेखि अस्तित्वमा रहेको मानिने थाकल वनस्पति पनि संकटमा छ। युन्यूजस्तो पात र कोणधारी वनस्पतिजस्तो बीउ हुने यो वनस्पति विश्व संरक्षण सङ्घ (IUCN) को संकटापन्न सूचीमा सूचीकृत छ। जलथलमा यसको प्रजनन प्रक्रियामा मिचाहा झार (माइकेनिया) बाधक बन्दै आएको छ।

जलथलमै नेपालमा अहिलेसम्म देखिएको सबैभन्दा मोटो भोटे लहरा पनि भेटिएको छ।

यस्तै, सालक, लाम्चे कछुवा र हात्ती जस्ता प्रजाति पनि संकटापन्न सूचीमा परेका छन्। प्राकृतिक बासस्थान मासिँदै जाँदा यिनको अस्तित्व पनि जोखिममा परेको छ।

बाँदर झुला, ढेडु झुला, रामगुवा, कुसुम, वन सुन्तला, गान्टे, वन फर्सीजस्ता दुर्लभ फलफूल तथा वनस्पति पाइने जलथलमा पछिल्लो समय सामुदायिक वनमार्फत टिक, मसला, रबरजस्ता व्यवसायिक रुख रोपिँदा स्थानीय वनस्पति र जीव प्रभावित भएका छन्।

हाल जलथल क्षेत्रमा २२ वटा सामुदायिक वन छन्। तर काठ तथा वन्यजन्तु चोरी, मानव अतिक्रमण, कमजोर वन व्यवस्थापन र स्थानीयवासीमा पर्यावरणीय चेतनाको कमी नै यहाँको जैविक विविधता संकटमा पर्नुको प्रमुख कारण मानिएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *