कैलाश मानसरोवर दर्शनका लागि पर्यटक आगमन सुरु

हुम्ला । पवित्र धार्मिक तीर्थस्थल कैलाश मानसरोवर दर्शनका लागि भारतीय पर्यटक हुम्ला आउन थालेका छन् । कैलाश मानसरोवर जान शनिबार १२ भारतीय पर्यटक यहाँ आइपुगेका हुन् ।

यस वर्ष पहिलोपटक विदेशी पर्यटक कैलाश मानसरोवर दर्शनका लागि आएका सिमकोट विमानस्थलमा राजस्व सङ्कलनमा खटिएका दिपेन्द्र भण्डारीले जानकारी दिए । उनीहरू काठमाडौंबाट केरुङ नाका भएर हुम्ला आइपुगेका हुन् ।

EPIC EPIC EPIC EPIC EPIC

राजस्व सङ्कलक भण्डारीका अनुसार भारतीय पर्यटकबाट प्रतिव्यक्ति एक हजार एक सय रुपैयाँ सङ्कलन गर्ने गरिएको छ ।

हुम्ला पुगेका विदेशी पर्यटक एक दिन सिमकोट बास बसेर अर्को दिन सिमकोटबाट चीनसँग जोडिएको सीमानाका हिल्सा हुँदै कैलाश मानसरोवर दर्शनका लागि जाने गरेका छन् ।

गत वर्षको तुलनामा यस वर्ष कैलाश मानसरोवर दर्शनका लागि हुम्लाको बाटो भएर बढी विदेशी पर्यटक आउने अनुमान गरिएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *