केर्खामा सडक दुर्घटनामा परी सशस्त्रका सब इन्स्पेक्टर राजवंशीको मृत्यु

झापा। झापाको कमल गाउँपालिका–३ स्थित सानो केर्खा नजिक पूर्व–पश्चिम लोकमार्गमा भएको सवारी दुर्घटनामा एक सशस्त्र प्रहरी नायब निरीक्षकको ज्यान गएको छ।

शनिबार साँझ करिब ७:५५ बजे बिर्तामोडबाट केर्खातर्फ जाँदै गरेको प्रदेश १–०२–००५प ७०२९ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका थिए।

EPIC EPIC EPIC EPIC EPIC

दुर्घटनामा परेका मोटरसाइकल चालक मोरङको कानेपोखरी गाउँपालिका–४ स्थायी निवासी ४८ वर्षीय सप्रनानी पुरन लाल राजवंशी इलामस्थित सशस्त्र प्रहरी बल नेपाल (बिओपी) समालबुङ पोस्टमा कार्यरत थिए।

गम्भीर घाइते राजवंशीलाई उपचारका लागि तत्काल बिर्तामोडस्थित बिएनसी अस्पताल लगिएको थियो। तर, राति ९:१० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका छन्।

दुर्घटनापछि मृतकको शव सोही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान भइरहेको जनाइएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *