काठमाडौं । एयर इन्डियाको विमान थाइल्याण्डमा आपतकालीन अवतरण गरेको छ । बम रहेको हल्लापछि विमानलाई आकस्मिक अवतरण गराइएको हो । ए आई ३७९ विमानमा १५६ यात्री थिए ।
यसअघि आज बिहान लण्डन जाँदै गरेको एयर इन्डियाको एक विमान उडेलगत्तै फर्किएर मुम्बईमा अवतरण गरेको थियो । भारतको समाचार एजेन्सी पीटीआईका अनुसार आज बिहान ५ बजेर ३९ मिनेटमा उडेको जहाज फर्किएर मुम्बईमा अवतरण गरेको हो ।
पीटीआईका अनुसार, थाइल्याण्डबाट नयाँ दिल्ली जाँदै गरेको एयर इन्डियाको एआई ३७९ विमानले बमको धम्की पाएपछि आपतकालीन अवतरण गराएको थियो ।
१५६ यात्रुसहित, उडानलाई दक्षिणी थाई टापुमा फिर्ता अवतरण गरिएको थियो । विमानस्थलका अधिकारीहरूले एनडीटीभीलाई बताएअनुसार आपतकालीन योजना लागू गर्दै सबै यात्रुहरूलाई उडानबाट सुरक्षित रूपमा बाहिर निकालिएको छ । भारतीय राजधानी जाँदै गरेको विमानले उडान भरेको थियो ।
विहीबार दिउँसो भारतको अहमदावादबाट बेलायतको लण्डनका लागि उडेको एयर इन्डियाको बोइङ ७८७-८ विमान दुर्घटना हुँदा २४१ जनाको मृत्यु भएको थियो ।