देशभर मनसुनी प्रभाव सक्रिय, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

काठमाडौं, असार ९ । हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यसका कारण सोमबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने धेरै स्थानमा वर्षा हुने सम्भावना रहेको छ।

दिउँसोको पूर्वानुमानअनुसार, देशको पहाडी भू-भागका थोरै स्थानहरूमा र अन्य क्षेत्रका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको मौसमविद्हरूले जनाएका छन्। साथै, उच्च–पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा हल्का वर्षा वा हिमपात पनि हुन सक्नेछ।

EPIC EPIC EPIC EPIC EPIC

रातीको समयमा, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। ती प्रदेशका एक-दुई स्थानमा भने भारीदेखि अति भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। अन्य प्रदेशहरूमा पनि केही स्थानमा वर्षा हुने सम्भावना छ।

मौसम पूर्वानुमान महाशाखाले उच्च पहाडी र हिमाली क्षेत्रतर्फ यात्रा गर्ने यात्रुहरूलाई सतर्क रहन र जोखिमयुक्त क्षेत्रमा आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *