कोशी प्रदेशसभामा ‘श्री ५ महाराजधिराज’ सम्बोधन रेकर्डबाट हटाउन माग, सभामुखद्वारा अस्वीकार



विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘श्री ५ महाराजधिराज’ भनेर सम्बोधन गरिएको विषयमा विवाद उत्पन्न भएको छ। राप्रपाका प्रदेशसभा सदस्य गोपाल विश्वकर्माले पूर्वराजालाई ‘श्री ५ महाराजधिराज’ भनेपछि नेकपा एमालेका प्रमुख सचेतक विदुर लिङ्थेपले आपत्ति जनाउँदै उक्त अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरे।

लिङ्थेपले भने, “नेपालको संविधानले ‘श्री ५’ भनेर चिन्दैन। उहाँ ज्ञानेन्द्र शाह मात्रै हो। संविधानले नचिन्ने कुरा रेकर्डबाट हटाइयोस्।”

EPIC EPIC EPIC EPIC EPIC

तर, सभामुख अम्बरबहादुर विष्टले भने अभिव्यक्ति हटाउने विषयमा स्पष्ट अस्वीकार जनाउँदै भने, “बोल्नै नपाउने भन्ने छैन। संविधानमा जे छ, त्यहीअनुसार हुन्छ। माननीयज्यू, तपाईँको कुराको ध्यानाकर्षण भएको छ। उहाँले जे भनेका छन्, त्यो व्यक्तिगत अभिव्यक्ति हो। संविधानले जे भन्छ, त्यो मात्रै कायम हुन्छ।”

लिङ्थेपले फेरि संविधानभित्रै रहेर काम गर्न आग्रह गरे पनि सभामुखले त्यसलाई समेट्दै बैठक अघि बढाएका थिए।

यसअघि पनि कोशी प्रदेशसभाको बैठकमा ‘श्री ५ महाराजधिराज’ भन्ने अभिव्यक्तिहरू रेकर्डबाट हटाइएको थियो। यता, राप्रपाका तर्फबाट सभामुख बनेका विष्ट गणतन्त्र दिवस लगायतका संघीय कार्यक्रमहरूमा लगातार अनुपस्थित हुँदै आएका छन्।

जेठ १० गतेको गणतन्त्र दिवस सम्बन्धी अन्तरक्रियामा समेत उनी सहभागी नभई झापा गएको तथ्य सार्वजनिक भएको थियो। सरकारले विशेष अवसरका कार्यक्रम, दिवस र उत्सवहरूमा सभामुखलाई अतिथिका रूपमा निमन्त्रणा गर्ने परम्परा रहँदै आएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *