विषालु च्याउ सेवन गर्दा एकैपरिवारका पाँच जना बिरामी

कञ्चनपुर। कञ्चनपुरमा विषालु च्याउ सेवन गर्दा एकै परिवारका पाँच जना बिरामी भएका छन् । दोधारा-चाँदनी नगरपालिका-६ स्थित कालागडका ६३ वर्षीया कालु सुनारसहित पाँच जना विषालु च्याउ सेवनबाट बिरामी भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए । 

उनका अनुसार सुनारका १८ वर्षीया नातिनी निशा सुनार, १६ वर्षीया नाति भीम सुनार, १२ वर्षीया नाति वसन्त सुनार र आठ वर्षीया नातिनी मन्सुसुनार बिरामी भएका हुन् ।

EPIC EPIC EPIC EPIC EPIC

‘भारतको नङ्ग्रा जङ्गलबाट ल्याइएको विषालु च्याउको तरकारी खाँदा उहाँको परिवारका पाँचै जना बिरामी परेका हुन्,’ बोहराले भने, ‘पाँचै जनाको दोधारा-चाँदनी अस्पतालमा उपचार भइरहेको छ ।’

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *