शिक्षा दियो हो, बाल्न सकिन्छ गाउँमै पनि! – अविनाश मोहली

गाउँमै 'प्लस टु' पढ्न सकिने हुँदा पनि विद्यार्थीलाई सहर पठाउनुको कारण र त्यसको असरबारे शिक्षक अविनाश मोहलीको विचार।

एसईई परीक्षा सकिने बित्तिकै बालबालिकालाई सहर पठाउने हतारो, आज अधिकांश अभिभावकको साझा मनोदशा बनेको छ। गाउँमै माध्यमिक तह (प्लस टु) को शिक्षा उपलब्ध हुँदाहुँदै पनि, सहर जानु नै आवश्यक छ भन्ने मनोवृत्तिले हाम्रो शिक्षा प्रणालीलाई मात्र होइन, सामाजिक संरचनालाई समेत असर पार्न थालेको छ।


यो प्रवृत्तिको पछाडि दुईवटा मूल सोच काम गरिरहेका देखिन्छन्,  एक, सहरमा मात्र गुणस्तरीय शिक्षा पाइन्छ भन्ने धारणा; दोस्रो, गाउँको शिक्षालाई दोस्रो दर्जाको सम्झिने संस्कार। तर यी सोचाइहरू केवल सामाजिक भ्रम र मनोवैज्ञानिक दबाब हुन्, जसको गहिरो विश्लेषण र सशक्त वैकल्पिक सोचको खाँचो छ।

EPIC EPIC EPIC EPIC EPIC


हामीले बिर्सनु हुँदैन। किशोर अवस्था संवेदनशील मनोवैज्ञानिक चरण हो। १५–१६ वर्षका विद्यार्थीहरूलाई परिवारबाट टाढा राखेर, सहरको होस्टेल वा डेरामा थन्क्याउनु भनेको उनीहरूलाई एकातर्फ आत्म-अनुशासन र जिम्मेवारी बिनाको स्वतन्त्रता दिनु हो, अर्कोतर्फ असुरक्षा, दबाब र विकृत सामाजिक संगततर्फ धकेल्नु पनि हो। सहरको भीडमा न त प्रत्येक विद्यार्थीलाई चाहिएको सहारा र ध्यान पुग्छ, न नै उनीहरूको चरित्र निर्माणमा परिवारले प्रत्यक्ष भूमिका खेल्न सक्छ।


यसै सन्दर्भमा, गाउँमै रहँदा विद्यार्थीलाई शिक्षा मात्र होइन, संस्कार, सुरक्षा र अभिभावकीय साथको पूर्ण संयोजन प्राप्त हुन्छ। हाम्रो कचनकवल गाउँपालिकाका केही माध्यमिक विद्यालयहरूमा योग्य शिक्षकहरू कार्यरत छन्, आधारभूत संरचना निर्माण भइसकेको छ, र शैक्षिक सुधारतर्फ स्थानीय सरकारको प्रयासहरू पनि देखिएका छन्। शिक्षक–विद्यार्थी अनुपात सन्तुलित हुनु, पठनपाठनमा निरन्तरता, र अभिभावकहरूको सक्रिय निगरानी। यी सबै पक्षले गाउँमै शिक्षाको बलियो आधार निर्माण गर्ने सम्भावना देखाउँछ।


अर्कोतर्फ, सहरमा एक जना विद्यार्थीको वार्षिक खर्च सामान्यतया लाखौं रुपैयाँ पुग्न सक्छ। शिक्षाको आर्थिक पहुँच नै सबैका लागि समान छैन भन्ने यथार्थ पनि हामीले स्वीकार्नुपर्छ। यस्तो अवस्थामा गुणस्तरीय विद्यालय गाउँमै प्रवर्द्धन गर्नु मात्र विकल्प होइन, यो आर्थिक न्याय, सामाजिक समावेशिता र समान अवसरको नीति पनि हो।


स्थानीय तहले शिक्षा क्षेत्रमा गरेको लगानी र पूर्वाधार विस्तारको प्रभाव अभिभावकसम्म पुर्‍याउनु अहिलेको मुख्य आवश्यकता हो। गाउँमै उच्च माध्यमिक तहलाई प्रवर्द्धन गर्नु भनेको जनताको सेवामा शिक्षा पु-याउनु हो, जुन नेपालको संविधानको मौलिक हकसँग पनि सम्बन्धित विषय हो। यस सन्दर्भमा, नीतिनिर्माताहरूले गाउँमा नै उच्च शिक्षाको गन्तव्य बनाउन दीर्घकालीन रणनीति तय गर्नु आवश्यक छ।


हिजोका दिनमा गाउँकै विद्यालयबाट शिक्षारत थुप्रै प्रतिभाहरू राष्ट्रिय र अन्तर्राष्ट्रिय ख्याति कमाउन सफल भएका छन्। उनीहरूले सहरमा होइन, आफ्नै मूल्य र माटोमा टेकेर अगाडि बढ्ने बाटो रोजेका थिए। आजको समाजमा जब हामी ‘डिजिटल शिक्षा’, ‘स्थानीय विकास’ र ‘समावेशी शिक्षातर्फ’ उन्मुख भइरहेका छौं, त्यही बेला सहर-मोहलाई तोडेर गाउँमै शिक्षा खोज्नु नै व्यवहारिक समाधान हो।
हुन सक्छ, सहरमा केही थप सुविधा होलान्, तर शिक्षाको गहिराइ मात्र चमकधमकबाट मापन हुँदैन। शिक्षाको मूल्य त्यहाँ निहित हुन्छ जहाँ विद्यार्थीले ज्ञानसँगै अनुशासन, संस्कार र समाजप्रतिको उत्तरदायित्व सिक्न सक्छन्।

हुन त, सबै सहरका विद्यालय/कलेजहरू खराब छन् भन्ने होइन। केही उत्कृष्ट शैक्षिक संस्था सहरमै छन् जसले प्रतिभाहरू उत्पादन गरेका छन्। तर सबैका लागि त्यो पहुँच योग्य छैन। हामीले बुझ्न जरुरी छ, गुणस्तरीय शिक्षा भौगोलिक पहुँचको विषय होइन, प्रतिबद्धता, अनुगमन र समर्पणको परिणाम हो।

सहर जानैपर्ने बाध्यता नहोस्, गाउँमै रहँदै पनि गुणस्तरीय शिक्षा लिन सकिन्छ भन्ने विश्वास अभिभावक र विद्यार्थीमा विकसित गर्नु अहिलेको प्रमुख आवश्यकता हो। सहरको शिक्षा मोहभन्दा गाउँमै शिक्षाको सम्भावना र सामर्थ्य पहिचान गर्न सके मात्र हामीले साँचो अर्थमा शिक्षालाई समावेशी, न्यायोचित र दिगो बनाउन सक्छौं।

हुन त, सबै सहरका विद्यालय/कलेजहरू खराब छन् भन्ने होइन। केही उत्कृष्ट शैक्षिक संस्था सहरमै छन् जसले प्रतिभाहरू उत्पादन गरेका छन्। तर सबैका लागि त्यो पहुँच योग्य छैन। हामीले बुझ्न जरुरी छ, गुणस्तरीय शिक्षा भौगोलिक पहुँचको विषय होइन, प्रतिबद्धता, अनुगमन र समर्पणको परिणाम हो।

सहर जानैपर्ने बाध्यता नहोस्, गाउँमै रहँदै पनि गुणस्तरीय शिक्षा लिन सकिन्छ भन्ने विश्वास अभिभावक र विद्यार्थीमा विकसित गर्नु अहिलेको प्रमुख आवश्यकता हो। सहरको शिक्षा मोहभन्दा गाउँमै शिक्षाको सम्भावना र सामर्थ्य पहिचान गर्न सके मात्र हामीले साँचो अर्थमा शिक्षालाई समावेशी, न्यायोचित र दिगो बनाउन सक्छौं।

लेखक झापाको कचनकवल गाउँपालिका ३ का शिक्षक तथा समाजसेवी अविनाश मोहली हुन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
2
+1
0
+1
4
+1
0
+1
0
+1
1
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *