काठमाडौँ : खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराई बुधबारदेखि आमरण अनशन बस्ने भएका छन्।स्थानीय कच्चा पदार्थ प्रयोग गर्न संघीय ऐन बाधक भएकाले त्यसलाई संशोधन गर्नुपर्ने माग गर्दै सत्याग्रह शुरु गरेका उनले संघीय सरकार गम्भीर नबनेको भन्दै आमरण अनशन बस्ने घोषणा गरेका हुन्।
नगरका कार्यवाहक उपप्रमुख विसन राईले मंगलबार विज्ञप्ति जारी गरी भट्टराईले अनिश्चितकालीन आमरण अनशन बस्ने घोषणा गरेको बताएका छन्। ‘।सत्याग्रहको पूर्व घोषित कार्यक्रम अन्तर्गत नगरप्रमुख ज्यूले २०८२–०४–१४ गते बिहान ९ बजेदेखि माइतीघर मण्डलामा अनिश्चितकालीन आमरण अनशन बस्ने घोषणा गर्नु भई सत्याग्रहको कार्यलाई चरणबद्ध रूपमा अगाडि बढाउनु भएको छ’, विज्ञप्तिमा भनिएको छ।‘
उनले गत आइतबार माइतीघर मण्डलामा कपाल मुण्डन गरी सेतो कपडा लगाएर उनले सत्याग्रह शुरु गरेका थिए। उनले ‘पैसा छैन नीति देऊ, आत्मनिर्भर समाज बनँऔं,’ ‘प्रकृतिको विनाश हैन, संरक्षण गरौं,’ ‘जलवायु परिवर्तनको असर, खोला खोल्सी अनियन्त्रित क्रसर’, ‘प्रकृतिको पूजा गरौँ, प्राणीको अस्तित्व जोगाऔँ,’ नारा लेखिएका प्लेकार्ड पनि साथमा राखेका छन्।
