विराटनगरमा भव्य भयो राधाकृष्ण रथयात्रा


विराटनगर । विराटनगरमा ५८ औं राधाकृष्ण भव्य रुपमा सम्पन्न भएको छ ।
आइतबार दिउँसो ४ बजे विराटनगर महानगरपालिका १ मन्दिर परिसरबाट सुरु भएको रथयात्रामा हजारौं भक्तजन सहभागी भएका छन् ।
मन्दिर परिसरबाट सुरु भएको रथयात्रा जलजला चोक, ट्राफिक चोक, रोडशेष चोकबाट कोशी राजमार्ग हुँदै बरगाछी चोकबाट दुर्गाचोक हुँदै मन्दिर परिसरमा पुगेर समापन भएको छ । बजारको करिब ९ किलोमिटर यात्रा तय गर्न रथलाई करिब ६ घण्टा समय लागेको थियो ।
रथयात्रामा प्रहरीले उच्च सुरक्षा सतर्कता अपनाएको थियो । रथयात्रामा शंकास्पद गतिविधि गर्ने ४० जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने रथयात्रालाई धार्मिक र सांस्कृतिक परम्पराको महत्वपूर्ण हिस्सा मानिन्छ । वर्षौं पुरानो यो परम्पराले विराटनगरको सांस्कृतिक पहिचानलाई झल्काउँछ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *