स्वास्थ्य टिप्स : महिलाहरूलाई किन पुरुषभन्दा धेरै पिसाबको सङ्क्रमण हुन्छ, रोकथामका उपाय के हुन् ?


पालिका सन्देश । शौचालय जाऊँ जस्तो हुन्छ, तर शौच लाग्दैन ? पिसाब गर्दा पोले जस्तो हुन्छ ? यदि यस्तो हुन्छ भने यो तपाईँको पिसाबमा सङ्क्रमण भएको सङ्केत हुन सक्छ । त्यसलाई यूरिनरी ट्रयाक्सन इन्फेक्शन (यूटीआई) पनि भनिन्छ । यस्तो सङ्क्रमणले शौचको समयमा निकै कष्ट दिन्छ ।


प्रत्येक वर्ष विश्वभरि ४० करोड मानिसहरूमा पिसाबको सङ्क्रमण विकास हुने आँकलन गरिएको छ । यस्तो सङ्क्रमणले दुवै लिङ्गका मानिसहरू र बालबालिकालाई पनि असर गर्न सक्ने भए पनि धेरैजसो महिला यसबाट पीडित हुन्छन् । विश्वका आधा महिलाहरूले आफ्नो जीवनकालको कुनै न कुनै क्षणमा पिसाबको सङ्क्रमणको सामना गर्छन् । औषधिले जीवाणुबिरुद्ध काम गर्ने क्षमता गुमाउने क्रम बढ्दै गएको अवस्थामा पिसाब सङ्क्रमणको उपचार कसरी प्रभावकारी रूपमा गर्न सकिएला भन्ने प्रश्न उब्जिएका छन् । यो सङ्क्रमणबारे थाहा पाउनु पर्ने कुरा र रोकथामका लागि गर्न सकिने उपायबारे केही चर्चा गरौँ ।

EPIC EPIC EPIC


पिसाबको सङ्क्रमण के ले निम्त्याउँछ ?
यूटीआई अर्थात् पिसाबको सङ्क्रमण मूत्रनली, मूत्रथैली वा केही गम्भीर अवस्थामा मिर्गौलामा पनि हुन सक्छ । साधरणतया मूत्रनलीमा प्रवेश गरेका ब्याक्टेरियाले यो निम्त्याउने गर्छन् । ई.कोली जस्ता ब्याक्टेरियाहरू मलाशयभित्र वा वरपरको भागबाट आउँछन् । महिला र बालिकाहरूको मूत्रनली पुरुषको तुलनामा छोटो हुने भएकाले उनीहरू यो भागमा हुने सङ्क्रमणको बढी जोखिममा हुन्छन् । यो छोटो बाटोबाट ब्याक्टेरिया मूत्रनलीमा सजिलै प्रवेश गर्न सक्छ ।


रजोनिवृत्तिसँगै महिलाहरूको यौन ग्रन्थिसँग सम्बन्धित ’एस्ट्रोजन’को मात्रामा आउने कमीका कारण पाका महिलाहरूमा पिसाब सङ्क्रमण हुने जोखिम बढी हुन्छ । यो हर्मोनले सामान्यतया योनि क्षेत्रमा ब्याक्टेरियाको स्वस्थ सन्तुलन कायम राख्न मद्दत गर्छ । यसको मात्रा कम भएपछि त्यस्ता व्यक्ति सङ्क्रमणको बढी जोखिममा हुन्छन् ।


लक्षण के के हुन् ?
यूटीआईका लक्षण व्यक्तिअनुसार फरकफरक हुन्छन् । तर यूकेको नेशनल हेल्थ सर्भिस एनएचएसका अनुसार पिसाब गर्दा दुखाइ वा पोल्ने, अचानक पिसाबले च्याप्ने वा पिसाब लागिरहने, पिसाब धमिलो देखिने, पिसाबमा रगत देखिने, तल्लो पेट दुख्ने वा करङको तल्लो भागमा ढाड दुख्ने, शरीरको तापक्रम बढ्ने, वा गर्मी वा जाडो महसुस हुने र काम छुट्ने, थकित वा कमजोर महसुस हुने जस्ता यसका प्रमुख लक्षणहरू हुन् ।


पिसाब सङ्क्रमण भएका वृद्ध अवस्थाका मानिसहरूले आफ्नो आनीबानीमा परिवर्तन महसुस गर्न सक्छन् । उनीहरूमा आक्रोश देखिने वा अलमल हुने, ओछ्यानमा पिसाब गर्ने र बान्ता गर्ने जस्ता समस्या देखा गर्छन् ।


पिसाबको सङ्क्रमण रोकथामका उपाय
एक पटक पिसाब सङ्क्रमण भएका महिलाहरूमध्ये २५ प्रतिशतलाई यो बारम्बार दोहोरिन सक्ने आँकलन गरिएको छ । उनीहरूलाई छ महिनामा दुई पटक वा वर्षमा तीन पटकसम्म यसले दुःख दिन सक्छ । केहीलाई त्यस भन्दा धेरै पटक पनि सताउन सक्छ । स्वस्थ र गर्भवती अवस्थामा नरहेका महिलाहरूमा ’क्याननबेरी एक्सट्रर्याक्ट’ नामको चक्कीले पिसाब सङ्क्रमण कम गर्न सहयोग गर्ने केही अध्ययनहरूले देखाएका छन् । तर अन्य अध्ययनहरूले यसले कुनै पनि फाइदा नगर्ने दाबी गरेका छन् ।


सामान्यतया पिसाबको सङ्क्रमण रोकथामका केही उपाय अपनाउन सकिन्छ । जुन उपायहरु निम्नानुसार छन् । शौचालय गएपछि अगाडिबाट सुरु गरेर पछाडिसम्म पुछ्नुहोस्, यौनाङ्ग क्षेत्र सफा र सुख्खा राख्नुहोस्, प्रशस्त मात्रामा विशेष गरी पानी वा तरल पदार्थ पिउनुहोस्, जसले तपाईँलाई दिनभरि नियमित पिसाब लागोस् र तिर्खा नलागोस्, यौनसम्पर्क गर्नुअघि र पछि योनि वरिपरिको छाला पानीले धुनुहोस्, यौनसम्पर्क पछि सकेसम्म चाँडो पिसाब फेर्नुहोस्, यदि न्यापिज् वा प्याड फोहोर छ भने तुरुन्तै परिवर्तन गर्नुहोस्, सुतीबाट बनेका भित्री वस्त्र लगाउनुहोस्, इङ्ल्यान्डको नेशनल इन्स्टिट्यूड फर हेल्थ एन्ड केअर एक्सेलेन्सले महिलाहरूमा बारम्बार दोहोरिने पिसाब सङ्क्रमण रोक्न दैनिक कम मात्राका एन्टिबायोटिक्स सिफारिस गर्ने गरेको छ । रोकथामका अन्य विकल्पहरू योनि एस्ट्रोजेन र मेथेनामाइन हिप्प्यूरेट पनि हुन् ।


बल्झिरहने पिसाब सङ्क्रमण के हो ?
बल्झिरहने वा दीर्घ किसिमको पिसाब सङ्क्रमणको समस्या पनि कतिपयमा देखापर्ने गर्छ । यस्तो भएका मानिसहरूले दैनिक रूपमा पिसाब सङ्क्रमणका लक्षणहरू महसुस गर्छन् । ब्याक्टेरियाले पिसाब थैलीको भित्री भागसम्म आक्रमण गरेर शरीरका कोषहरूभित्र लुक्न सक्षम भएको अवस्थामा यस्तो समस्या देखा पर्ने अनुसन्धानले देखाएका छन् ।
ब्याक्टेरिया पिसाब थैलीको भित्तामा टाँसिन सक्छ र बायोफिल्म भनेर चिनिने सुरक्षात्मक स्लाइम तहमुनि लुक्न सक्छ । यस्तो भएको खण्डमा हाम्रो शरीरको प्रतिरक्षा प्रणालीले प्रतिक्रिया जनाउन सक्दैन र एन्टिबायोटिक्सबाट पनि त्यहाँ लुकेको ब्याक्टेरिया बच्न सक्छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *