पाथीभरामा भक्तजनको ओइरो, सुविधाको अभावले यात्रा कष्टकर

ताप्लेजुङ। ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभरा माताको दर्शनका लागि अहिले मुख्य सिजन चलिरहेको छ। असोजदेखि कात्तिकको दोस्रो सातासम्मलाई दर्शनका लागि सबैभन्दा उपयुक्त समय मानिँदा मन्दिरमा भक्तजनहरूको अभूतपूर्व भीड देखिएको छ।

मन्दिर व्यवस्थापन समितिका अनुसार गत शनिवार (कात्तिक ८ गते) एकैदिन ६ हजारभन्दा बढी भक्तजनले माता पाथीभराको दर्शन गरेका थिए। यो संख्या यस वर्षकै कीर्तिमान हो। तापक्रम घट्दै गएपछि अब चिसोमा यात्रा गर्न अभ्यस्त भक्तजनको मात्र उपस्थिती रहने अनुमान गरिएको छ।

EPIC EPIC EPIC

भक्तजनका गुनासा: सुधारको माग

भक्तजनहरूको भीडसँगै मन्दिर व्यवस्थापनका कमजोरीहरू पनि सतहमा आएका छन्। भक्तजनहरूले मन्दिर परिसरमा तत्काल सुधार आवश्यक रहेको भन्दै चार प्रमुख समस्या उजागर गरेका छन्।

१. हात धुने पानीको अभाव: सरसफाइमा लापरबाही
मन्दिरमा दर्शनपछि हात धुने पानीको व्यवस्था नहुँदा भक्तजनहरूलाई असुविधा भएको छ। सरसफाइ जस्तो सामान्य विषयमा समेत ध्यान नदिँदा धार्मिक स्थलको पवित्रता र स्वास्थ्य सुरक्षामाथि प्रश्न उठेको भक्तजनको टिप्पणी छ।

२. शौचालयको कमजोर अवस्था: वृद्ध, बालबालिका र महिलालाई सास्ती
पर्याप्त शौचालय नहुनु र भएका पनि सफा नहुनु प्रमुख समस्या बनेको छ। दुर्गन्ध र सरसफाइको अभावले विशेषगरी वृद्धवृद्धा, बालबालिका र महिलालाई कठिनाइ परेको भक्तजनहरूको गुनासो छ। यति ठूलो तीर्थस्थलमा उचित शौचालय व्यवस्थापन नहुनु व्यवस्थापन पक्षको उदासीनता ठहरिएको छ।

३. ‘फास्ट ट्र्याक’ को अनियमितता: समानतामा प्रश्न
भक्तजनहरूले अवैध रूपमा केही व्यक्तिलाई लाइन नबसी सोझै दर्शन गर्न दिने ‘फास्ट ट्र्याक’ प्रणालीको विरोध गरेका छन्। हजारौं भक्तजन घण्टौं प्रतीक्षा गर्दा पहुँचवाला व्यक्तिहरूलाई प्राथमिकता दिइनुले धार्मिक समानता र भक्तजनको आस्थामा ठेस पुगेको बताइएको छ। भक्तजनहरूले यस किसिमको भेदभावपूर्ण प्रणाली तत्काल बन्द गर्न माग गरेका छन्।

४. जुत्तासहित मन्दिर प्रवेश: धार्मिक मर्यादामा प्रश्नचिह्न
कसैकसैलाई जुत्ता लगाएरै मन्दिर प्रवेश र पूजा गर्न दिइनुले धार्मिक मर्यादा खण्डित भएको आरोप छ। हिन्दु परम्परा अनुसार जुत्ता बाहिरै फुकालेर मन्दिर प्रवेश गर्नुपर्ने भए पनि पाथीभरामा यसको पालना नहुँदा भक्तजनहरू असन्तुष्ट छन्।

यद्यपि, पाथीभराको चिसो मौसमका कारण नाङ्गो खुट्टा राख्न कठिन हुने भएकाले न्यानो मोजा वा ‘स्लिपर’ जस्ता वैकल्पिक उपायको व्यवस्था गर्न सुझाव दिइएको छ। यसले धार्मिक मर्यादा र स्वास्थ्य दुवैको सन्तुलन कायम गर्न मद्दत पुर्‍याउनेछ।

व्यवस्थापनमा सुधार जरुरी

पाथीभरा माताको दर्शनका लागि देशविदेशबाट लाखौं भक्तजन आउने भएकाले मन्दिर व्यवस्थापन समितिले सरसफाइ, दर्शन व्यवस्था र भक्तजनको सहजतामा केन्द्रित सुधारात्मक कदम तत्काल चाल्नुपर्ने आवश्यकता देखिएको छ। भक्तजनको आस्था र पाथीभराको प्रतिष्ठा जोगाउन व्यवस्थापन पक्ष सक्रिय हुनु अपरिहार्य बनेको छ। देशसञ्चार

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *