भोजपुर – भोजपुर नगरपालिका -१२ टक्सार क्षेत्रमा कुनैबेला घरै पिछे कलात्मक धातुका सामान बनाइन्थ्यो । जिल्लामा सञ्चालित भोजपुरे करुवा उद्योग संकटमा पर्न थालेका छन । कैला काठका लगाएतका बन पैदावरको कमिहुन थाले पछि कलात्मक करुवा उद्योग बन्द हुने क्रममा पुगेका छन ।
भोजपुरको प्रसिद्व खुकुरीले प्रख्यात भए पश्चात् करुवाले देशबिदेशमा ख्याती कमाएको छ । अहिले कलात्मक धातुका सामान बनाउन गाह्राे साह्राे अफ्ट्यारो काम भन्दै नयाँ पुस्ताले यो काम छाडिसकेक छन । कमैमात्रामा कोहि कोहिले कच्चा पदार्थ जुटाएर पेसा धानिरहेका छन । सामुदायिक बनले नयाँ एन लागू गरेसङै सजिलो सङ्ग काठ कोहिला जस्ता बन पैदावर निकासिमा कडाइ भएपछी कच्चापदार्थ जुटाउन समस्या भएको उद्योगी बताउछन ।
साल, सिसौ ,खयर रुख पाउन गाह्रो अर्कातिर बनले रोकलगाए पछि ठप्पै छ ,ब्यबसाय चलाउन गाह्रो छ ,करिब २८/२९ बर्ष देखि करुवा बनाउदै आएका ,तर अहिले पेशा छाडेका बुद्वराज शाक्यका अनुसार कच्चा पदार्थ अभावले बाकिरहेका उद्योग पनि बन्दहुने निश्चित छ ।
घरेलु उद्योग बिकास समितिले पनि धातु सम्बन्धि उधमिकालागी तालिम र अनुदानको बेवस्था गरेर छ । पुरानो पेशाप्रती उर्जा थप्न् र जनशक्ति टिकाउन प्रशिक्षण आवश्यक रहेको अर्का उधमी देब शाक्य बताउछन । `बेला बेला हामिलाइ तालिम र प्रशिक्षण गराए सबै जातिले यो पेशा गर्न सक्थे ,जस्ले हाम्रो पेशाको पनि सरक्षक हुने थियो ।
एउटा बुट्टेकरुवा तयार गर्ने कम्तिमा ३ महिना सम्म लाग्छ । यहाँको करुवा अन्तको आधरमा आयातित भन्दा कलात्मक करुवाको टिकाउ हुने भएकोले यस्को माग धेरै हुने गरेको हो ।