माईखोला विवादपछि राप्रपाका यमनाथ भण्डारी साधारण सदस्यता खोसिँदै निलम्बन

झापा। राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमिति, इलामले पार्टीका सदस्य यमनाथ भण्डारीलाई साधारण सदस्यता समेत खोसिने गरी निलम्बन गरेको जनाएको छ।


भण्डारीले माईखोलामा आमाले देखाएको शिलालाई खुट्टाले कुल्चेको र त्यसपछि आमाले बालुवाले हान्दा उनले आमालाई धकेलेको दृश्य सामाजिक सञ्जालमा सार्वजनिक भएपछि पार्टीले अनुशासनात्मक कारबाही अघि बढाएको हो।

EPIC EPIC EPIC


पार्टीले सार्वजनिक गराएको जानकारीअनुसार, उक्त व्यवहारले समाजमा गलत सन्देश पुगेको र पार्टीको मर्यादामाथि आँच आएको भन्दै उनलाई तत्काल प्रभावबाट निलम्बन गरिएको हो।


भण्डारी २०७९ सालमा सम्पन्न प्रदेशसभा निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रदेशसभा क्षेत्र नं. २ “क” का लागि प्रत्यक्ष उम्मेदवारका रूपमा प्रतिस्पर्धा गरेका थिए। उनी पार्टीभित्र जिम्मेवारीपूर्ण पदमा रहेका सार्वजनिक व्यक्ति समेत हुन्।


पार्टीले सो घटनाप्रति खेद प्रकट गर्दै आगामी दिनमा यस्ता असंयमित गतिविधि दोहोरिन नदिन सबै सदस्यलाई सचेत गराएको जनाएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *