एनपीएलमा आज दुई रोचक भिडन्त: जनकपुर–विराटनगर र कर्णाली–सुदूरपश्चिम आमनेसामने

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज (सोमबार) कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दुई खेल हुँदैछन् ।

पहिलो खेल बिहान ११:४५ बजे सुरु हुनेछ, जसमा जनकपुर बोल्ट्स र विराटनगर किंग्स आमनेसामने हुँदैछन् । दोस्रो खेल दिउँसो ४ बजे हुने छ, जहाँ कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स प्रतिस्पर्धा गर्नेछन् ।

EPIC EPIC EPIC

अहिलेसम्म दुई-दुई खेल खेलेका सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सले समान चार-चार अंक जोड्दै क्रमशः पहिलो र दोस्रो स्थान ओगटेका छन् । तीन खेलबाट काठमाण्डु गुर्खाजले दुई अंक जोडेर तेस्रो स्थानमा छ ।

लुम्बिनी लायन्स, चितवन राइनोज र कर्णाली याक्सले पनि दुई-दुई अंक सङ्कलन गरेका छन् । जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स भने अझै अंकविहीन छन् । जनकपुरले एक मात्र खेल खेलेको छ भने पोखराले खेलेका दुवै खेल गुमाइसकेको छ ।

मङ्सिर १ देखि सुरु भएको एनपीएल २७ गतेसम्म सञ्चालन हुने छ । एनपीएलमा लिग चरण, तीन वटा प्लेअफ र फाइनलसहित ३२ खेल हुँदै छन् । शनिबारका लागि टिकट मूल्य साधारणतर्फ पाँच सय र प्रिमियमतर्फ १५ सय रुपियाँ राखिएको छ । यसैगरी लिग चरण र अन्य दिनको खेलका लागि टिकटको मूल्य पाँच सय र एक हजार तोकिएको छ । प्लेअफपछिका खेलका लागि जनरलतर्फ एक हजार र प्रिमियरतर्फ दुई हजार रुपियाँ राखिएको छ ।

एनपीएलमा जनकपुर बोल्टस, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाण्डु गुर्खाज र लुम्बिनी लायन्स गरेर आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *